• असार २२ २०८१, शुक्रबार

छक्क परें, बालबालिकालाई यसरी पो स्वागत गर्न सिकाइएको रहेछ !

फाल्गुन २४ २०७९, बुधबार

घोराही । यसपटक धेरै विद्यालयका वार्षिकोत्सवमा जाने अवसर मिल्यो । धेरै ठाउँ अफिसले खटाएर पुगेँ । कतिपय ठाउँमा व्यक्तिगत सम्बन्धका आधारमा पनि गएँ । कार्यालयलाई संस्थागत निम्तो नगरेको ठाउँमा भने जान सकिएन । पत्र आएकाजतिमा सकभर छोटै समयका लागि भएपनि पुगेँ । यो विषय उठाइरहँदा सम्मानको लावि भन्ने आरोप लाग्न पनि सक्छ । प्रिय पाठक सत्कारको मोह म माथि पनि बढेको रहेछ । कति उचित र अनुचित यहाँहरुले नै मुल्यांकन गर्नुहुनेछ । म माथि आउने जुनसुकै टिप्पणी स्विकार्ने र कमजोरी भए सच्याउने गरी लेख्ने जमर्को गरेको छु ।

म पनि कता कता सम्मान र सत्कारको भोका हुँ कि भन्ने शंका लागेको लागेको छ । दुईतिर लाइनमा उभिएका विद्यार्थीले राप्ती आमावि घोराही १८ प्रवेश गर्दा झुकेर नमस्कार गर्दै स्वागत गरे । उनिहरुलाई नमस्कार फर्काएँ । अनि सम्झिएँ लामो लाइन बसेर मानिसहरुले ठूला मानिसलाई त्यसैगरी सम्मान गर्छन् । पुष्प गुच्छा चढाउँछन् ।

त्यसले मात चढाउँछ होला नै । त्यसो भन्दैमा घरमा आउने पाहुनाको उचित सत्कारै नगर्नु असभ्य पनि उत्तिकै हो । यसैगरी अल्फा आवासीय माध्यमिक विद्यालय घोराही–१४ भित्र पस्दा खादा र मालाले सम्मान गरे । म भित्र छिर्दा एक्लै थिएँ त्यहाँ पुगेपछि धेरैका गलामा मलाई जस्तै खादा पहिराएको पाएँ । त्यसमा मैले समानतता देखँे । औघि खुशि लाग्यो । बोलाएपछि मात्रै त्यहाँ जाने हो ।

त्यसरी निम्त्याइने सबै अतिथि हुन् । उनीहरुलाई समान सत्कार गर्नुलाई उत्तम भन्नुपर्छ । यसैगरी लालिगुराँस स्कुलमा पनि गेट नजिकै स्वागत गर्ने टिम बसेको थियो । उसले पनि त्यसैगरी सम्मान गर्दथ्यो । भित्र पुग्ने वित्तिकै अतिथिको सम्मान गर्थे । खादा मालाले सजाउँथे । मञ्चमा नपुगेर सुखै पाइदैन्थ्यो । मेरील्याण्ड पब्लिक एकेडेमी घोराही–१३ सेवारमा योगाका विद्यार्थीले अघिल्लो पंक्तिका सबै अतिथिलाई हातमा ढोगेका थिए । त्यही शैली सञ्चालक समितिका राजेन्द्रकुमार श्रेष्ठले अपनाउनु भयो । उहाँले हातमै ढोग्न खोज्दा बडा मुश्किलले फुत्किन सकेकोे थिएँ । मेरो लागि उहाँ मान्य हुनुहुन्छ ।

उहाँको सकृयताप्रति सँधै नमन गर्छु । कुनैपनि हिसाबमा उहाँ भन्दा म उपल्लो होइन । त्यसैले उहाँले गरेको माथिल्लो सम्मान ग्रहण गर्न असजिलो भयो । मलाई कार्यालयमै मोटरसाइकल पठाएर आर्किड इडन एकेडेमी घोराही–१६ लेटारका हरिषचन्द्र पाण्डेले आत्मियता देखाउनुभयो ।

त्यसरी दिएको महत्वलाई इन्कार गर्नु उहाँमाथि अन्याय हुन्थ्यो । त्यहाँ पनि अतिथिलाई अक्षता मुछेर टिका लगाइदिने व्यवस्था थियो । अन्त अबिर हुन्थ्यो । त्यहाँ पुगेपछि हाम्रो संस्कारको टिकाले सत्कार गर्दा फरक खालको अनुभूति भयो । यसरी गरिएका अतिथि सत्कारलाई देखाउनका लागि गरिएको चटक भन्न मिल्दैन । बरु त्यो विद्यालयले गरेको सही काम हो भन्न सक्नुपर्छ । यदि त्यो सहि काम हो भने सबैले सिक्नुपर्छ ।

आफ्नै अभिवावकलाई स्वागत गरेका थिए । गेटमा उभिएर गरिएको न्यानो माया थियो । एवम् प्रकारले आफ्नो घरमा आउने अतिथिलाई उत्तिकै सम्मान गर्नुपर्छ । धेरैका बच्चाहरु घरमा पाहुना आउँदा वास्तै गर्दैनन् । भाग्छन्, लुक्छन् तिनलाई साइनो र संस्कार अनुसार सत्कार गर्न सिकाउनुपर्छ । घरमा गएर पनि यसै गर्नुभनेर विद्यालयले अभविावक अतिथिलाई सम्झाएको हो ।

नाम टिपाएर इन्क्वाइरीपछि मात्रै वार्षिक उत्सवमा प्रवेश गर्ने अवसर पनि मिल्यो । व्यक्तिगत काम भए गेटैबाट फर्किने मन थियो । संस्थाले खटाएको हुनाले झन्जट सहँदै भित्र पसें । यसले विद्यालयहरु गलत मानिसको प्रवेशले हैरानी भोगेका छन् भन्ने बुझेको छु । हुल दंगा मच्चाउने खराब प्रवृत्तिका मानिस पस्न सक्ने भएकाले त्यसरी कडा निगरानी गरीएको थाहा भयो । गलत मानिसहरु पस्न सक्ने खतराले विद्यालयहरु गेटमै डराउने स्थिति छ भने गेटभित्र पनि खराबी छ । भित्रबाट कसैले त्यहि प्रवृत्तिका व्यक्ति निम्त्याउँछन् ।

उनीहरुका संगतका कारणले पस्न खोज्छन् । यसैले त्यसता खरारब प्रवृत्तिहरुलाई पहिचान गरी निराकरण गर्न जरुरी छ । भित्रको निश्केपछि त्यही गलत काम गर्न विद्यालय पुग्न पनि सक्छ । यसमा पनि ध्यान दिउँ । अभिवावक एवम् अतिथिहरुमा अनुशासनको कमि देखिन्थ्यो । कतिपय ठाउँमा नाच आयो नै अतिथि जुरुक्कै उठेर मञ्च अगाडि जान्थे । तिनका पछाडि दर्शकदिर्घाबाट सैयौँ मोबाइल ठडिएका हुन्थे ।

ती विचराहरुको रेकर्ड गर्ने सपना चक्नाचार पार्ने गरी अतिथिहरु उठिदिएर असभ्यता देखाए । विद्यार्थी मात्रै सभ्य हुनुपर्छ भन्ने छैन । हामी सबै तहका मानिसहरुले सिक्ने कुरा धेरै छन् । उपस्थित सबै अतिथिलाई ढोग्दै हिंड्ने पनि व्यवहारिक देखिएन । लाइनमा बसेको २० जनालाई ज्यू गर्दै हिंड्दा समय र सान्दर्भीकता दुबै मिल्दैन । त्यसैले यसलाई मिलाउनु पर्ने देखिन्छ । वार्षिक उत्सव विशेष दिन हो । अरु बेला गेटमा चेकजाँच आफ्नै तरिकाले गरेपनि त्यसदिन खुकुलो हुनुपर्छ ।

आफैले बोलाएको अतिथिको मन चिसो बनाउने वातावरण ठिक होइन । केही विद्यालयका कार्यक्रममा मात्रै दर्शकदिर्घामा अतिथि राखियो । धेरैमा अतिथिलाई मञ्चमा उकालियो । ठूला मानिस भनेर हो कि सम्मानका लागि त्यो मैले बुझिन । मलाई भने त्यो बसाई उचित लागेन । विद्यालयको वार्षिक उत्सव भनेको सांगितिक कार्यक्रम जस्तै महशुस हुन्छ । जहाँ गएपनि उस्तै खालका गीतमा आ आफनै शैलीका अनेक नाचहरु नाचिन्छ । मञ्चमा बसेका अतिथिले देख्नै पाउँदैनन् ।

नृत्य गर्नेको पिठ्यू हेर्ने हो । लेखक कलाकारका लागि पनि मञ्च अनुपयुक्त हुन्छ । बोली सुन्ने मात्रै होइन हावभाव पनि हेर्नु आवश्यक छ । त्यसले लेखाइमा भाव पैदा गर्छ । त्यसैले बरु अघिल्लो लहरमा राख्न तर दर्शकदिर्घामै बसाल्नुपर्छ । अरु भन्दा भिन्न ठाउँ मञ्चमा बस्दैमा ठूलो मानिस बन्ने होइन । मन्तव्यको क्रममा देखिइहाल्छ । अतिथिलाई सम्मान गर्ने तरिका अनेक खालका थिए ।

केहिले महंगा मायाका चिनोहरु दिएका छन् । कतिपय महंगा तर केही काममा प्रयोग नहुनेमा खर्च गरेका छन् । उपयोग नहुने वस्तुमा पैसा खेर फाल्नु हुँदैन । शान्ति सुधा आमावि घोराही–१५ ले डाएरी दियो । दीपशिखा आवासीय माध्यमिक विद्यालयले झुम्के पानस दियो । यो खर्च काम लाग्ने ठाउँमा भएको छ । आर्थिक मन्दिको चपेटामा हामि सबै छौँ । त्यसैले फजुल र अनुपयोगी खर्च कटाउनु अनिवार्य छ । मायाको चिनो वा खादा किन्नु पूर्व काम लाग्छ कि लाग्दैन सोच्नुपर्ने देखिन्छ । समयको ख्याल पनि त्यसरीनै गर्नुपर्छ । चिठी विहान १० बजे भनेर लेख्ने कार्यक्रम साढे १२ बजे शुरु हुने प्रवृत्ति विद्यालय बाटै हटाउनु पर्छ ।

राम्रो सिकाउने भनेकै विद्यालयले हो । समय पालना सिकाउने पनि विद्यालयले नै हो । प्रमुख अतिथिको समय निश्चित गरेर अरुलाई अतिथि बोलाउने र त्यही समयमा कार्यक्रम शुरु गर्र्नुपर्छ । यतिबेला दिन कटाउन कार्यक्रममा जाने कमै होलान् । कुनै न कुनै क्षेत्रमा काम गर्छन् । उनीहरुको समय अवमूल्यन गर्नु हुन्न । चाहे अभिवावक होस् वा अरु क्षेत्रको उसले आफ्नो काम छोडेर आएको हुन्छ ।

वक्ताहरु पनि कार्यक्रम अनुसारका विज्ञ मात्रै राख्दा उचित हुन्छ । आधाघण्टा बोल्ने, दुई शब्द राख्न दिनुभयो धन्यवाद भन्ने तर काम लाग्दो कुरा एउटा पनि नगरेर बोर गर्नेहरु राख्नु हुन्न । विज्ञान तथा कलाकृतिको प्रदर्शनीले विद्यालयको क्षमता प्रस्तुत गर्दो रहेछ । आफ्नै आँखाले विद्यार्थीले बनाएका वस्तु देखेपछि नमेटिने रहेछ । नाचेको भन्दा बनाएर देखाएको याद बढि आउने रहेछ । अब डेग बजाएर नचाउने मात्रै गरेपछि विद्यालय कमजोर रहेछ भनेर मूल्यांकन हुनसक्ने देखिन्छ ।

उसले जति जानेको छ त्यति देखायो भन्ने अर्थ लागेको छ । त्यसैले विज्ञान कला प्रदर्शनी तर्फपनि जोड दिन जरुरी छ । एकदिन पुगेको अभिभावकले वर्ष भरी बच्चाले सिकेको देख्न पावस् । मैले यति राम्रो विद्यालयमा पढाएको रहेछ भनेर गर्व गर्न सकोस् । फी तिर्दा विद्यालयका गुण सम्झिने स्थिति बनोस् । केही सिकेको छैन खर्च मात्रै भयो भनेर हात काँप्ने स्थिति नरहोस् । अन्तमा जुन जुन विद्यालयका वार्षिक उत्सवमा खाँदै भुइँमा फाल्दै गरियो उनीहरुले अबका दिनमा सच्याउन् ।

केही विद्यालयका वार्षिक उत्सवमा विद्यार्थीहरु डस्टविन बोकेर फोहोर टिप्दै हिंड्थे । कतिपयमा वास्ता थिएन र फोहरहरु छताछुल्ल फलेको पाइयो । जुन जुन विद्यालयका गेटमा विद्यार्थी राखेर सम्मान गर्ने व्यवस्था मिलाइयो त्यो स्रहानीय छ । त्यही शैली घरमा पनि अपनाउने वातावरण मिलोस् । शिक्षक विद्यार्थी र अभिभावक बिचमा त्रिकोणात्मक अन्तरकृया गर्ने विद्यालय धेरै छन् ।

उक्त अवसरमा बच्चाले घरमा संस्कार गर्छ वा गर्दैन भन्ने पनि छलफल गरियोस् । सबै भन्दा ठूलो समस्या विद्यालयको र घरको भाषाशैली फरक छ त्यसले पनि समस्या छ । विद्यालय आइसियो र गैसियो भन्ने हो भने घरमा पनि त्यही बोल्न भन्नुस् । आउनुस् र जानुस् भन्ने हो भने घरमा पनि आ, जा, खा नभन्नु भनेर सम्झाउनुस् । बालबालिकाले देखाएको प्रदर्शनी र झुकेर नमस्कार गर्दैको स्वागतलाई मेरो ह्रदयदेखि नमन छ ।