काठमाडौं । नेपाल मगर विद्यार्थी संघको २८औँ स्थापना दिवसको अवसरमा कोष व्यवस्थापन तथा वित्तीय साक्षरतासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
“सम्पूर्ण मगर विद्यार्थी एक होऔं, शैक्षिक जागरण फैलाऔँ” भन्ने मूल नाराका साथ कार्यक्रम काठमाडौंको बसुन्धारास्थित रोयल भवनमा सम्पन्न गरिएको नेपाल मगर विद्यार्थि संघले जनाएको छ । कार्यक्रमको अध्यक्षता नेपाल मगर विद्यार्थी संघ केन्द्रीय समिति सदस्य तथा तथ्याङ्क बिभाग प्रमुख आशा नामजाली मगरले गरेका थिए । यस्तै गरि कार्यक्रममा प्रमुख अतिथि नेपाल मगर संघका केन्द्रीय समितिका सल्लाहकार कृष्ण थापामगर, विशिष्ट अतिथि आर्जन सहकारि संस्थाका अध्यक्ष डिबि आलेमगर, अतिथिहरुमा नेपाल मगर विद्यार्थी संघ केन्द्रीय समिति अध्यक्ष चित्र बहादुर पुलामिमगर, महासचिव चन्द्र बहादुर थापामगर, सचिव डिबि आले मगरको आतिथ्यता रहेको थियो।
लेखा प्रणाली एवं कोष ब्यवस्थापनका बारेमा कृष्ण थापा मगरले अभिमुखिकरण दिएका थिए। वित्तीय अनुशासन सम्बन्धि बिभिन्न सैधान्तिक एवं ब्यवहारिक प्रस्तुति सहित सहभागिलाई डिबि आलेले बचत एवं मितव्यायी बन्ने तरिका सहित वित्तीय अनुशासन बारे प्रष्ट पारे ।
कार्यक्रम काठमाण्डौं सचिव सुरज प्रताप रानामगरले संचालन गरेका थिए भने महासचिव चन्द्र बहादुर थापामगरले प्रशिक्षक एवं सहभागिलाई धन्यवाद दिदै कार्यक्रम सम्मपन गरेका थिए ।