• आश्विन १४ २०८१, सोमबार

नेपाल मगर संघको आयोजनामा पत्रकारिता तालिम सुरु

फाल्गुन २३ २०७९, मंगलवार

काठमाडौं । नेपाल मगर संघको आयोजनामा आधारभूत पत्रकारिता तालिमको आरम्भ भएको छ । सञ्चारजगतमा मगर समुदायलाई सक्षम र कुशल बनाउने उद्धेश्यका साथ काठमाडौंको कलंकीस्थित नेपाल मगर सघ केन्द्रिय समितिको मुलघरमा पत्रकारिता तालिमको आजदेखि सुरुवात गरिएको हो ।

तालिमको सुरुवातीको दिन आज द राईजिङ नेपालकाका सम्पादक मोदनाथ ढकालले प्रशिक्षण दिए । तालिम २ दिनसम्म चल्नेछ ।

आजको कार्यक्रमका प्रमुख अतिथि नेपाल मगरसघ केन्द्रिय समितिका अध्ययक्ष ज्ञानेन्द्र पुनमगरले उपस्थित विद्यार्थीहरुलाई उत्साह र उमंगका साथ शिक्षा ग्रहण गर्न आग्रह गरे ।

अध्ययक्ष पुनमगरले पत्रकार राज्यको चौथो अंग भएकाले कलम र क्यामराको सही उपयोग गर्नेमा आफू विश्वस्त भएको बताए ।

संविधानमा मौलिक हकका रुपमा प्राप्त सूचनाको हक जनतालाई दिलाउन प्रयास रुवरुप यो तालिम आयोजना गरिएको उनको भनाई थियो ।

कार्यक्रममा उपस्थित विद्यार्थीलाई स्वागत गर्दै मगरसंघका महासचिक टेक नाम्जालीमगरले मगर समुदायमा हुने आन्दोलनको माग सम्बोधन गरिने हिसाबले कार्यक्रम संचालन गरिएको बताए ।

उनले मगर समुदायको साँस्कृतिक उन्नतिका साथै बौद्धिकता विकासको लागि कार्यक्रम आयेजना गरिएको बताए ।