• मंसिर १५ २०८१, शनिबार

मिटरब्याजी श्याम परदेशीलाई अदालतले धरौटीमा छोड्यो

फाल्गुन २१ २०७९, आईतवार

काठमाडौं । मिटरब्याजमा ऋण दिएर मानिसहरूलाई ठगी गर्दै आएको र त्यसैबाट अनधिकृत सम्पत्ति थुपारेको मुद्दा लागेका श्याम परदेशीलाई विशेष अदातले धरौटीमा छोडेको छ ।

आइतबार विशेष अदालतका अध्यक्ष न्यायाधीश श्रीकान्त पौडेल, सदस्य न्यायाधीशहरू शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले परदेशीलाई ५ लाख रुपैयाँ धरौटीमा छोडेको विशेषका सूचना अधिकारी नारदप्रसाद भट्टराईले जानकारी दिए । परदेशीलाई ३ करोड २० लाख बराबरको अवैध सम्पत्ति शुद्धीकरण गरेको भन्दै विशेषमा मुद्दा दायर भएको थियो ।

यो मुद्दामा धरौटीमा छुटे पनि अर्को मुद्दामा उनी रौतहट कारागारमा थुनामा रहेकाले त्यहीँ पठाइएको विशेषका सूचना अधिकारी भट्टराईले जानकारी दिए ।