• मंसिर १५ २०८१, शनिबार

निगमको इतिहासमा पहिलो पटक दुई महिला पाइलटले गरे अन्तराष्ट्रिय उडान

फाल्गुन २१ २०७९, आईतवार

काठमाडौं । नेपाल वायुसेवा निगमको इतिहासमा पहिलो पटक दुई महिला पाइलटले अन्तराष्ट्रिय उडान गरेका छन्।

निगमका पाइलट भावना पन्त र कोपाइलट श्रृजना राउतको टोलीले जहाज उडान गरेका हुन्। उनीहरुले आइतबार बिहान १२:०४ को समयमा एयरबस ३२० बाट काठमाडौं-युएई उडान गरेका हुन्। जहाजमा १५३ यात्रु सवार थिए। यो टाेली सोमबार वा मंगलबार पुन: उडान भरेरै काठमाडौं फर्कने छ।