काठमाडौं । नेपाल राष्ट्र बैंकले आज फागुन २० गते आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
अमेरिकी डलर एकको खरिद दर १२९ रुपैयाँ ८३ पैसा र बिक्री दर १३० रुपैयाँ ४३ पैसा पुगेको छ।
यस्तै युरो एकको खरिद दर १४० रुपैयाँ ६१ पैसा र बिक्री दर १४१ रुपैयाँ ४६ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १५८ रुपैयाँ ७९ पैसा र बिक्री दर १५९ रुपैयाँ ५२ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८६ पैसा र बिक्री दर ३६ रुपैयाँ ०३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।