• मंसिर ७ २०८१, शुक्रबार

मध्यपश्चिम विश्वविद्यालयमा विद्यार्थीलाई स्वागत गरियो

फाल्गुन १९ २०७९, शुक्रबार

वीरेन्द्रनगर । मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत ग्र्याजुएट स्कूल अफ एग्रिकल्चर एण्ड फरेष्ट्री भेरीगंगा नगरपालिका वडा नं ११ रामघाटमा यस विश्व विद्यालयको केन्द्रीय कार्यालय वीरेन्द्रनगर कुइने पानीमा रहेको छ ।

सो विश्वविद्यालयमा अध्ययनरत पहिलो तहका विद्यार्थीहरुले दोस्रो तहका विद्यार्थीहरुलाई विभिन्न किसिमका देउडा, कला-संस्कृति र नाचगानको बेजोड प्रस्तुति गरेर भव्यरूपले स्वागत गरेका छन् । यस विश्वविद्यालयले जैविक कृषि तथा स्थानीय उत्पादन पनि आफ्नो विश्वविद्यालयको पाठ्यश्रृङ्खलामा राखेको छ ।

जसले गर्दा कृषिका लागि दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको यस विश्व विद्यालयले अहिले कृषि विषय अध्यापन सुरु गरेको छ । अब पशु विज्ञान र वन विज्ञान विषय पनि राख्ने लक्ष्य लिएको छ ।

अहिलेको समयको माग अनुसार अनुसन्धानमा आधारित शिक्षाको आवश्यकता भएको भन्दै यस विश्व विद्यालयका भिसी नन्दबहादुर सिंह र विश्व विद्यालय परिवार रातदिन लागिरहेको छ । यसका लागि धमाधम आवश्यक संरचना निर्माण भइरहेका छन् ।

कर्णालीको विकासमा मध्यपशचिम विश्व विद्यालयको पनि सहयोग रहने विश्वास गरिएको छ । यो  कर्णालीको पहिचान बोकेको विश्व विद्यालय हो । यस विश्व विद्यालयको नाम मध्यपश्चिम विश्व विद्यालय होइन,  कर्णाली विश्वविद्यालय राख्नु पर्छ भन्छन्, स्नातक तहमा कृषि विषय पढिरहेका विद्यार्थी जीवन गिरी ।

उनी भन्छन्,‘यसले कर्णालीको पहिचान झल्काउने र कर्णालीलाई चिनाउन पनि सजिलो हुनेछ । यसले एउटा छुट्टै आफ्नो पहिचान बनाउने छ, त्यसैले अब चाँडै यो विश्व विद्यालय डिजिटल विश्व विद्यालय बन्नेछ ।’