• असार २० २०८१, बुधबार

चन्द्रमाबाट देखिने गिजाको पिरामिड

फाल्गुन १८ २०७९, बिहीबार

गिजाको पिरामिडलाई चन्द्रमाबाट देख्न सकिन्छ । चन्द्रमाबाट पृथ्वीमा देखिने मानव निर्मित कुराहरूमा चीनको ग्रेटवालपछि मिश्रको यही पिरामिड रहेको छ । यसलाई ग्रेटवालपछिको मानव निर्मित आश्चर्य पनि मानिन्छ ।

यो पिरामिड निर्माणमा २३,००,००० कुदिएका पत्थर प्रयोग गरिएका छन् । यी निकै भीमकाय छन् । एउटा पत्थरको तौल ५० टनसम्म रहेको छ । यो मानव निर्मित विसाल स्मारक पनि हो ।

छिमेकी देश इजरायलको पहाडबाट नाङ्गो आँखाले पनि यसलाई स्पष्टसँग देख्न सकिन्छ । यो स्मारकमा प्रयोग गरिएका २३ लाख ढङ्गाहरू लाइमस्टोन तथा ग्रेनाइट पत्थर हुन् । भनिन्छ, यो पिरामिडमा प्रयोग गरिएको सबैभन्दा ठूलो पत्थर राजाको आफ््नै च्याम्बरबाट लिइएको थियो ।

यसको तौल सबैभन्दा बढी ८० टन रहेको छ । यो बाहेक ५० देखि ७५ टनसम्मका अरू पत्थरहरू पनि राजाकै यही च्याम्बरबाट लिइएका थिए । राजा फराओ कुफूको शासन कालमा उनैले यो पिरामिड बनाउन लगाएका थिए ।

स्थानीय मिश्रवासीको श्रम प्रयोग गरेर लगातार २० वर्षसम्म काम गरेपछि यो स्मारक निर्माण कार्य सम्पन्न भएको थियो । यो पिरामिडमा प्रयोग गरिएका ढुङ्गा कम्प्यूटरजस्ता आकारका छन् ।

यी सबै गणितीय कोणिक मापनका आधारमा निर्माण भएका छन् । यसको निर्माणमा आध्यात्मिक अर्थ र ज्योतिषीय मापनको सन्तुलित मिश्रण भएको अनुमान गरिन्छ । प्रयोग भएका पत्थरहरूकोे किनाराको लम्बाइ, उचाइको कोणिक नाप आफैमा अचुक रहेको छ ।

ग्रेट पिरामिडको निर्माण यसरी गरिएको छ कि तिनको भित्र सधैं वातानुकुलन अवस्था रहिरहेको हुन्छ । भित्री तापमान सधैं पृथ्वीको औसत तापमान बराबर हुन्छ । पृथ्वीको औसत तापमान २० डिग्री सेल्सियस रहेको छ ।

त्यहाँ पुगेका यात्री तथा पर्यटकहरू लाइमस्टोन तथा ग्रेनाइटका यति ठूला ढुङ्गा कहाँबाट ल्याइएका होलान् भनी छक्क पर्ने गरेका छन् । त्यसको स्रोत कहाँ थियो आजका दिनसम्म पत्ता लाग्न सकिरहेको छैन ।

संसारभर मानव निर्मित सहरमा भूकम्पको जगजगी छ । मानिस त्राहिमाम छ । भूकम्प प्रतिरोधी भवन तथा स्मारकहरू पनि ढल्ने र भत्कने गरिरहेका छन् । मानिसमाथि प्राकृतिक त्रासदीको राज छ ।

तर मिश्रको पिरामिडमा चारैतिर ठूलाठूला चट्टान राखिएकाले जति नै शक्तिशाली भूकम्पले आए पनि यसलाई क्षति पु¥याउन सकिरहेको छैन । कम्पन र भूकपबाट यो सुरक्षित छ ।

मिश्रवासीहरू यो पिरामिडको प्रयोग अन्तरीक्ष, सूर्य, चन्द्र पृथ्वीको गति तथा परिवर्तन मापनका लागि प्रयोग गर्दथे भनिएको छ । तर त्यो कुन तरिका र विधि थियो भन्ने कुरा अहिलेसम्म थाह हुन सकिरहेको छैन ।

यसलाई अन्तरीक्षको प्रारूप पनि मानिन्छ । यो पिरामिड आफैमा गणित र खगोलीय शास्त्रको व्यवहारिक प्रयोग मानिन्छ । मिश्रवासी गणितीय जन्मकुंडलीको अर्थ र परिभाषा यसमा रहेको स्वीकार गर्छन् ।