• मंसिर ७ २०८१, शुक्रबार

ब्रह्माण्ड निलिरहेको ‘ब्ल्याकहोल’ अर्थात् ‘कृष्णछिद्र’

फाल्गुन १७ २०७९, बुधबार

कृष्णछिद्र अर्थात् ब्ल्याकहोल अन्तरीक्षमा रहेका अध्याँरो गुरूत्वको केन्द्र हो । आकाशमा चम्किइरहेका सैयौं ताराहरूको जीवन समाप्तिसँगै यो एक भयंकर ठूलो कालो अँध्यारो भवसागरीय पिण्डमा परिणत भएको हुन्छ । यो महापिण्डको वरिपरि सूर्यका किरण वा उजाल्यो भन्ने कुरा पनि रहन सक्तैनन् । यसको गुरूत्वको कारणले सैयौं प्रकाश वर्ष टाढा रहेका अन्य पिण्ड पनि त्यसैमा विलिन हुन पुग्छन् ।

अन्तरीक्षमा उज्यालो प्रकाशले एक वर्षमा पार गर्ने दुरीलाई प्रकाश वर्ष भनिन्छ । प्रकाशको गति आफैमा ३ लाख किलोमिटर प्रति सेकेण्ड हुन्छ । जसअनुसार एक प्रकाश वर्ष बराबर ९४.६ अर्ब किलोमिटर हुन्छ । हामीलाई यो असंभव लागे पनि अन्तरीक्षमा दूरी नाप्न यही प्रकाश वर्षको सहारा लिइन्छ ।

हामी आफै कल्पना गरौं कि अन्तरीक्षमा रहेका यस्ता कृष्ण छिद्र अर्थात् महा ब्ल्याकहोलले सैयौं प्रकाश वर्ष टाढा रहेका साना ठूला पिण्डलाई गुरूत्व बलका कारण आफूतर तानेर स्वाहा पारिदिन्छ । ब्ल्याक होल आफैमा भयंकर ठूलो स्पेसमा फैलिएर रहेको हुन्छ । यो करोडौं ताराहरू रहेको तारापुञ्ज नजिकमा ब्ल्याक होल हुने गरेको अन्तरीक्ष वैज्ञानिक विश्वास गर्दछन् ।

ब्ल्याक होलका साना स्वरूपहरू पृथ्वीमा पनि देखिन्छन् । कहिलेकाहीं रहस्यमय रूपमा पानी जहाज तथा हवाइजहाज हराएको कुरा आफ्नै कानले सुन्ने पनि गरेका छौं । यो पृथ्वीमा रहेको ससाना ब्ल्याकहोलका भौतिक गतिविधि हुन् । यी त मात्र सांकेतिक र क्षणिक रूपमा देखिन्छन् ।

जस्तो महासमुद्रमा सुनामी आउँदाका बखत पानीको छालको उचाइ र गतिअनुसार ब्ल्याक होलहरू बन्ने गर्दछन् ठूलाठूला मरूभूमिमा हजारौं किलोमिटरसम्मका समथर मैदानहरूमा घण्टौं चल्ने आँधीहुरीभित्र पनि यस्ता ब्ल्याक होल बनेका हुन्छन् ।

समुद्री तटमा रहेका देशमा कहिलेकाहीं घाम लागिरहेकै बेला पनि आकाशबाट माछा वर्षा हुने गर्दछन् । त्यो भनेको महासमुद्रमा चल्ने महाविनाशक चक्रवाती हुरीले समुद्रको पिंधसम्मको पानी उठाएर माथिमाथिसम्म आकाशमा पुर्याएर पानीसँग आएका ठोस वस्तुहरू हावामा यताउति हुर्याउँदा माछाहरू घाम लगेको गाउँबस्ती र सहरहरूमा खस्न पुग्दछन् ।

कहिलेकाँही त शार्क, ह्वेल, सिलजस्ता ठूला माछा आकाशबाट वर्षा हुने गर्दछन् । त्यो आँधीहुरीमा बनेको ब्ल्याकहोलको अथाह शक्तिका कारणले हुन गएको हो ।

पृथ्वीजस्तो अत्यन्तै सानो पिण्डमा हुने सामान्य गतिविधिमा त यसो हुन संभव छ भने अन्तरीक्षमा रहेका सूर्यभन्दा ठूला अर्बौं ताराहरू निलिसकेका महाब्ल्याकहोल कति शक्तिशाली होलान् ? ब्ल्याकहोल अन्तरीक्षमा रहेका महागुरूत्वका केन्द्रहरू हुन्, जो आफैमा प्रकाशविहीन छन् र देखिदैनन् । ती त अनन्त र असिमित अध्यारो मात्र देखिन्छन् । त्यहाँ प्रकाश पनि त्यहाँ पुग्न सक्दैनन्, मानिसले बनाएको कुनै कुराको परिकल्पना नै नगरौं ।

अन्तरीक्षमा देखिने आकाश गंगा, तारा पुञ्ज वा तारामण्डलका बीचमा रहेका यी ब्ल्याकहोल वैज्ञानिकको तर्कमा उर्जावान र प्रकाशवान ताराको उर्जा र प्रकाश सिद्धिएर ब्ल्याकहोल बन्न पुगेका हुन् । यस्ता ब्ल्याकहोल अन्तरीक्षमा धेरै रहेको अनुमान गरिएको छ । यी सूर्यभन्दा लाखौं गुणा ठूला रहेको मानिएको छ । आश्चर्यको कुरा त के पनि छ भने कतिपय ठोस नभई ग्यासका ब्ल्याक होलहरू पनि रहेका छन् ।

ब्ल्याकहोल एक्सरे अन्तरीक्ष यन्त्रहरू प्रयोगमा आएपछि मात्र यी तथ्य पत्ता लागेका हुन् । चीनले पछिल्लो पटक एक्सरे अन्तरीक्षको सफल र व्यवहारिक प्रयोग गरेको छ । यही एक्सरेका प्रयोग गरेर चीनले चन्द्रमाको अध्यारो भागतिर यसको चन्द्रयान अवतरण गराएर खोजी गरिरहेको छ । अमेरिकाको वैज्ञानिक संस्था नासा यो देखेर छक्क परेको छ ।

के हामी बसेको पृथ्वी यस्ता ब्ल्याकहोलबाट सुरक्षित छ त ? अवश्यै छ, किनकि पृथ्वीबाट सबैभन्दा नजिकको रहेको ब्ल्याकहोल एक हजार ६ सय प्रकाश वर्ष टाढा रहेको अनुमान गरिएको छ ।