• फाल्गुन २७ २०८२, बुधबार

अमेरिकाले टिकटक बन्द गरिदिएपछि रिसायो चीन

फाल्गुन १६ २०७९, मंगलवार

काठमाडौं । चीनले निर्माण गरेको भिडियो एप टिकटकको मामिलामा आवश्यकता भन्दा बढी प्रतिक्रिया दिएको चीनले अमेरिकामाथि आरोप लगाएको छ ।

अमेरिकाका सरकारी कर्मचारीलाई सरकारको तर्फबाट दिएको फोनबाट टिकटक भिडियो एप हटाउन भनेको थियो । त्यसपछि चीनको यो प्रतिक्रिया सार्वजनिक भएको छ ।

सोमबार ह्वाइट हाउसले सरकारी एजेन्सीहरूलाई दिएको फोनबाट टिकटक एप ३० दिनभित्र हटाउन भनेको छ । यसअघि युरोपियन युनियन र क्यानडामा पनि सरकारी कर्मचारीलाई दिइने फोनबाट टिकटक हटाउन आदेश दिइएको थियो ।

अमेरिकी सरकारले टिकटकलाई कर्मचारीको फोनबाट हटाउन आदेश जारी गरेपछि चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकाले विदेशी कम्पनीहरूलाई दबाउन सरकारी शक्ति प्रयोग गरिरहेको बताए ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले पत्रकारहरूलाई भने,‘अमेरिकी सरकारले बजार अर्थतन्त्रको सिद्धान्त र प्रतिस्पर्धाका नियमहरूलाई सम्मान गर्नुपर्छ । अमेरिकाले विदेशी कम्पनीहरूलाई दमन गर्न बन्द गर्नुपर्छ र उनीहरूका लागि खुला र गैरभेदभावपूर्ण वातावरण उपलब्ध गराउनुपर्छ ।’