• फाल्गुन २४ २०८२, आईतवार

नेपालको लगातार चौथो जित, विश्वकप छनोटमा युएईसँगको अन्तिम खेल निर्णायक हुने

फाल्गुन १६ २०७९, मंगलवार

काठमाडौँ । आगामी वर्ष श्रीलंकामा हुने यु–१९ विश्वकप क्रिकेटको एसिया छनोटअन्तर्गतको आफ्नो चौथो खेलमा नेपालले मलेसियालाई १० विकेटले पराजित गर्दै लगातार चौथो जित निकालेको छ। अब विश्वकप छनोटमा नेपालका लागि आयोजक युएईविरुद्धको अन्तिम खेल नै निर्णायक हुने भएको छ।

चौथो खेलमा टस जितेर पहिले ब्याटिङ गर्दै मलेसियाले नेपाललाई जितका लागि ७३ रनको लक्ष्य प्रस्तुत गरेको थियो। नेपालका स्पिनर दीपेश कँडेलले कसिलो बलिङ गरेपछि मलेसिया ३५.३ ओभरमा ७२ रन जोड्दा सम्पूर्ण विकेट गुमाउन बाध्य भयो।

नेपाल यु–१९ विश्वकपमा २०१६ पछि स्थान बनाउने ध्याउनमा रहेको छ। राउण्डरोविनका आधारमा जारी प्रतियोगितामा शीर्ष स्थानमा रहने टिमले श्रीलंकामा आगामी वर्ष हुने विश्वकपमा स्थान बनाउने छ। अब प्रतियोगिताको अन्तिम खेलमा नेपालले युएईसँग प्रतिस्पर्धा गर्नेछ।