• असार २२ २०८१, शुक्रबार

राजधानी सार्न रोक्का भएका जग्गा फुकुवा नहुँदा राप्ती गाउँपालिकाबासी मर्कामा

फाल्गुन १४ २०७९, आईतवार

घोराही, १२ फागुन ।
दुई वर्ष अघिदेखि दाङको राप्ती गाउँपालिका र अर्घाखाँचीको शितगङ्गा नगरपालिकामा जग्गा बेचबिखन रोक्का हुँदा समस्या सिर्जना भएको पाका पत्रकार केपी घिमिरेको भनाई छ । उहाँका अनुसार जतिसक्दो छिटो जग्गा फुकुवा गर्नुपर्छ । लुम्बिनी प्रदेशको राजधानी टुंगो लागेसँगै बेचबिखन गर्न रोकिएका जग्गा अझै फुकुवा भएका छैनन् ।

देउखरी उपत्यकामा राजधानी घोषणासँगै जग्गा दलालहरु सकृय भएका थिए । त्यसबेला जथाभावी कित्ताकाट र अव्यवस्थ्ति बसोवास हुने खतरा थियो । यसलाई नियन्त्रण गर्न सरकारले ल्यान्डपुलिङ गरी गुरुयोजना अनुसार अघि बढ्न जग्गा रोक्का गर्यो । अहिले राजधानी भालुबाङमा स्थापना भईसक्दा पनि जग्गा बेचबिखन भने अझै फुकुवा भएका छैनन् । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टका अनुसार विगत दुई वर्षदेखि जग्गा कित्ताकाट रोकुवा हुँदा पालिकालाई समेत समस्या आएको छ ।

उहाँ गाउँपालिकालाई वार्षिक करीब दुई–अढाई करोड राजश्व गुमेको बताउनुहुन्छ । नागरिकको जीवन व्यवहार चलाउन कठिन भएको छ । ल्यान्डपुलिङ बाहेकको खुला गरिदिन र जनतालाई दुःख नदिन आग्रह गर्नुभयो । उहाँले यसरी माग राखिरहँदा लुम्बिनी प्रदेशका आर्थिक मामिला मन्त्री जोखबहादुर महराले सुनिरहनुभएको थियो । उहाँले राजधानीलाई व्यवस्थित बनाउन सबै लाग्नुपर्ने बताउनुभयो ।

‘राजधानी अघि बढ्यो’, नयाँ युगबोध राष्ट्रिय दैनिकको शाखा कार्यालय प्रदेश राजधानी मौरीघाटमा शुक्रबार उद्घाटन गर्दै उहाँले भन्नुभयो, ‘सजिलै ट्याकटुक हुँदैन ।’ सबै क्षेत्रले आआफ्नो ठाउँबाट आवश्यक सहयोग गर्न आग्रह गर्नुभयो । यसरी छलफल गरेर अघि बढ्ने भन्नुभएको छ । ‘नकरात्मक गतिविधि हाबी हुन खोज्या त होइन भन्ने देखिएको’ मन्त्री महराको भनाई थियो । उहाँले सबैलाई पायक पर्ने र सुविधा हुने भनि प्रदेश राजधानी देउखरी उपत्यकाको भालुबाङमा राख्ने निर्णय भएकाले कोही पनि असन्तुष्ट नहुन आग्रह गर्नुभयो ।

उहाँले म जग्गा फुकुवा गराउन पहल गर्छु भन्नु भएन । सातै प्रदेशमा सबैभन्दा उच्चतम् सुन्दर राजधानी लुम्बिनी हुने न्याय परिषदका पूर्वसदस्य पदम वैदिकको भनाई थियो । ‘सबैभन्दा कानुनी र संवैधानिक तरिकाले चलेको राजधानी यहि हो’ उहाँले थप्नुभयो, ‘पर्याप्त चिज हुँदा पनि हामीहरु आपसमा विभाजित भयौँ भन्ने पछि–पर्छ अब राजधानी बिग्रिंदैन । स्थायी राजधानीका बारेमा पटक पटक निर्णय गर्ने संविधानमै व्यवस्था छैन ।’

उहाँले संविधान कार्यान्वयनको व्याक बोन प्रदेश भएकाले सफल बनाउनुपर्ने बताउनुभयो । यसरी पक्का भएको राजधानीका नागरिक जमिन खरिद विक्री गर्न पाएका छैनन् । यसैगरी प्रदेश पूर्वाधार प्रमुख छविराज पोख्रेलले राजधानी सार्ने महत्वपूर्ण काम सकिएको र दुई वर्ष भित्र व्यवस्थित हुने बताउनुभयो । ‘सबैभन्दा अगाडि म छु, दुई वर्ष अझैपनि आक्रमण गर्छन् ।’ उहाँले भन्नुभयो ‘त्यति थेग्यौं भने जित्छौँ । प्रदेश व्यवस्थित बन्छ ।’

उहाँले यतै जन्मिएका मन्त्री, सांसद र कर्मचारीले भालुबाङ बस्न डर लाग्छ भन्ने जस्तो लाजमर्दो अवस्था रहेकोप्रति व्यंग्य गर्नुभयो । भालुबाङ बने मानसिकतै बन्न नसक्दा समस्या हो । स्वास्थ्य निर्देशनालय बुवल फर्काइ लगेको, मन्त्रीको सपथ बुटवलमा खुवाएको भन्दै चर्को विरोध गरिरहेका छन् । राजधानी कर्मचारीको सुविधाका लागि हो कि नागरिकलाई सजिलोका लागि भन्ने प्रश्न उठेको छ । कोठा पाइनौं भन्ने कर्मचारीको भनाई छ ।

राप्ती गाउँपालिकाले मात्रै सात सय ४२ वटा कोठा क्वाटरका लागि मात्रै व्यवस्थापन गरेको जनाएको छ । आफू पालमुनि बसेर पनि सेवा दिन तयार रहेको बताउनुभयो । जग्गा फुकुवाको काम भने पहिलो प्राथमिकताका साथ गर्न सुझाव दिनुभयो । त्यसो नगरे विकास योजनाका बजेट कटौती हुनेछन् । नागरिकले सेवा सुविधा पाउन सक्नै छैनन् ।