• फाल्गुन २७ २०८२, बुधबार

पाकिस्तानको बलुचिस्तानमा दोस्रो आक्रमण हुँदा ४ जनाको मृत्यु

फाल्गुन १४ २०७९, आईतवार

काठमाडौं। पाकिस्तानको बलुचिस्तान प्रान्तको एउटा बजारमा भएको बम विस्फोटमा परी कम्तीमा चार जनाको मृत्यु भएको पाकिस्तानको प्रहरीले जनाएको छ ।

बीबीसीसँग कुरा गर्दै बरखानका उपायुक्त अब्दुल्लाह खोसोले राखिनी बजारमा एक मोटरसाइकलमा आईईडी राखिएको ठाउँमा विस्फोट भएको बताएका हुन् ।

यस आक्रमणमा कम्तीमा १२ जना घाइते भएका छन् । उपायुक्तका अनुसार घाइतेहरुलाई अस्पताल पठाइएको छ । यस विष्फोटबाट धेरै पसल र घरमा क्षति पुगेको छ ।