• फाल्गुन २७ २०८२, बुधबार

सवारी दुर्घटनामा ११ को मृत्यु, १० जना घाइते

फाल्गुन १२ २०७९, शुक्रबार

काठमाडौं। मध्य भारतको छत्तीसगढमा भएको सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

छत्तीसगढको राजधानी रायपुरबाट करिब ८५ किलोमिटर उत्तरमा पर्ने बालोदाबजार–भाटापारा जिल्लाको खमरिया गाउँको मुख्य सडकमा बिहीबार राति मालसामान बोकेको ट्रक र पिकअप भ्यान एक आपसमा ठोक्किँदा ११ जनाको मृत्यु भएको तथा अन्य १० जना घाइते भएका हुन् ।

पीडितहरु अर्जुनी क्षेत्रमा पारिवारिक कार्यक्रममा गएर घर फर्किरहेका थिए ।

दुर्घटनाका सम्बन्धमा मुद्दा दर्ता गरिएको तथा त्यसको कारण पत्ता लगाउन प्रहरीले आदेश दिएको छ । भारतमा सडक दुर्घटनाहरू सामान्य मानिन्छन् । अधिक भार बोकेका सवारी साधन, जीर्ण सडक र लापरवाहीपूर्वक सवारी हाँक्दा बारम्बार सवारी दुर्घटना हुने गरेका छन् ।

एक तथ्याङ्कअनुसार भारतमा हरेक वर्ष हुने पाँच लाख सडक दुर्घटनामा करिब एक लाख ५० हजार मानिसको मृत्यु हुने गरेको छ