• मंसिर १२ २०८१, बुधबार

विदेशमा खेल्न जान पाउनुपर्ने निवेदन लिएर सन्दीप पुगे सर्वोच्च

फाल्गुन ११ २०७९, बिहीबार

काठमाडौँ। नाबालिग बलात्कारको कसुरमा काठमाडौँ जिल्ला अदालतमा मुद्दाको पुर्पक्ष गरिरहेको क्रिकेटर सन्दीप लामिछाने बिहीबार सर्वोच्च अदालत पुगेका छन् ।

धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेशमा प्रतिबन्धात्मक व्यवस्था रहेकाले उक्त आदेशको प्रतिबन्धात्मक बुँदाहरू हटाउन माग गर्दै सन्दीप सर्वोच्च अदालत पुगेका हुन् ।

एक दिवसीय मान्यता जोगाइराख्न संघर्षरत नेपालले केही समयपछि युएईमा हुने क्रिकेट खेल्न सन्दीप जान नमिल्ने भएपछि सर्वोच्च अदालतमा सन्दीपले निवेदन दिन लागेका हुन् । नाबालिग बलात्कारको कसुर लाग्ने बित्तिकै नेपाल क्रिकेट संघले सन्दीपलाई निलम्बन गरेको थियो ।

तर उच्च अदालत पाटनले २० लाख धरौटी लिएर सन्दीपलाई तारिखमा रहने गरी छाड्ने आदेश गरेसँगै थुनामुक्त भएका सन्दीपलाई क्यानले पनि निलम्बन फुकुवा गरेको थियो ।