• असार २२ २०८१, शुक्रबार

घोराहीमा सोनालिका ट्रेक्टरको नयाँ शोरुम स्थापना

फाल्गुन १० २०७९, बुधबार

घोराही, १० फागुन । किसान ट्रेडिङ्ग कन्सर्न सोनालिका ट्रेक्टर घोराही–१५ ले रतनपुरमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । विगत २० वर्षदेखि राप्तीमा सेवा दिँदै आएको शोरुमले नयाँ प्रविधिसहित आधुनिक बनाएको हो । नयाँ ट्रेक्टर बिक्री, पार्टस् र मर्मत लगायत सबै सुविधा एकै ठाउँबाट दिनेछ ।

कम्पनीका जनरल म्यनेजर तथा इन्टरनेश्नल ट्रेक्टर लिमिटेडका प्रमुख राकेश तिवारी र कम्पनीका नेपाल प्रतिनिधि केन्द्रीय म्यनेजर ललित खण्डेवालले मंगलवार उद्घाटन गर्नुभयो । कम्पनीले ठुलो संख्यामा ट्रेक्टरहरु पार्किङ गर्न मिल्ने गरी ग्यारेज स्थापना गरेको छ । ट्रेक्टरको वासिङ, डेन्टिङ–पेन्टिङ सहितका सुविधा ग्यारेजले दिने लेखा अधिकृत सोमनाथ गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार सोनालिका टे«क्टर सम्बन्धि सबै सुविधाहरु शोरुमबाट उपलब्ध गराइने छ ।

यसैगरी शोरुममा पार्टस् तथा दक्ष मेकानिक रहेको जनाएको छ । सोनालिकालाई आवश्यक पर्ने सम्पूर्ण पार्टस् त्यहीँ राखिएको कम्पनीले जनाएको छ । अफ्ठेरो परेको बेला टेक्टर बिग्रेकै ठाउँसम्म पुग्न भ्यान लगायत यातायातका साधन छन् । शौरुमसँगै ग्यारेज रहेकाले ग्राहकलाई झन्जट छैन ।

आफ्ना ग्राहकलाई कुनै पनि झन्जट र हैरानी नदिने कम्पनीले जनाएको छ । ठूलो संख्यामा पार्किङ गर्न मिल्ने क्षेत्र बनाएको छ । एकै पटक धेरै ट्रेक्टर मर्मत गर्ने पूर्वाधार बनाइएको छ । स्टाप मिटिङ गर्न मिल्ने गरी हल सहित साना, मझौला ठूला पार्टस् राख्ने अलग अलग कोठाहरु छन् । त्यसले सामान खोज्न छिटो छरितो हुनेछ । यति बेला कम्पनीसँग १८ हर्ष पावरदेखि एक सय २० हर्ष पावरसम्मका टे«क्टर रहेको कम्पनीले जनाएको छ । कम्पनीले सबै किसिमका टे«क्टरहरु शोरुम मै मौजदात छन् ।

छिटो छरितो र भरपर्दो सेवा दिंदै आएको छ । शोरुमका म्यानेजिङ डाइरेक्टरको जिम्मेवारी मश्कुर अहमदको रहेको र सो शोरुमले साविक राप्तीका पाँच जिल्लामा व्यापार गर्नेछ । कम्पनीले रापतीका तुलसीपुर, लमही र प्यूठानमा शाखा र अन्य जिल्लामा सम्पर्क कार्यालय स्थापना गरेको जनाएको छ ।