• मंसिर १३ २०८१, बिहीबार

बहराइनका राजाले डा.रुइतलाई प्रदान गरे १४ करोडको पुरस्कार

फाल्गुन ९ २०७९, मंगलवार

काठमाडौं । मानवताका लागि सेवा गरेबापत नेत्र चिकित्सक डा.सन्दुक रुइतले बहराइन सरकारको तर्फबाट इशा अवार्ड प्राप्त गरेका छन् । उनलाई त्यहाँका राजा हमाद बिन इसा अल खालिफाले सो प्रतिष्ठित प्रदान गरेका हुन् ।

मंगलबार राजधानी मनामास्थित इशा साँस्कृतिक केन्द्रमा आयोजित विशेष समारोहमा राजा खालिफाले १ मिलियन डलर राशि (झन्डै १४ करोड रुपैयाँ)को पुरस्कार तथा सम्मान डा. रुइतलाई प्रदान गरेका हुन् ।

राजा खालिफाले लोकहितकारी कामका अर्थमा डा. रूइतले सबैभन्दा योग्य, अमूल्य र प्रभावकारी कामु गर्दै आएको बताए । इशा अवार्ड कमिटीका अधयक्ष सेख मोहम्मद बिन मुबारक अल खलिफाले पनि डा. रुइत मानवहितकारी अर्थमा संसारकै लागि उदाहरण रहेको बताए ।

आफ्ना पिता सेख इसा बिन सलमान अल खालिफाका नाममा सन् २००९ मा स्थापित यो सम्मान हरेक दुई वर्षमा र ‘मानवताका लागि सेवा’ गर्ने विश्वभरकै कोही व्यक्तिरसंस्थालाई प्रदान गरिँदै आएको छ ।