• मंसिर १२ २०८१, बुधबार

नामिबियाले स्कटल्याण्डसँगको खेलमा २० ओभरमा १ सय २ रन बनायो

फाल्गुन ८ २०७९, सोमबार

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलाको तेस्रो खेलमा नामिबियाले स्कटल्याण्डसँग २० ओभरमा २ विकेट गुमाउँदै १ सय २ रन बनाएको छ । स्कटल्यान्डले नामिबियासामू दुई सय २२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले ४८।४ ओभरमा सबै विकेट गुमाउँदै दुई सय २१ रनको योगफल तयार पारेको थियो ।