काठमाडौं । आज सोमबारे औँसी। सोमबारमा परेको औँसीको दिनमा सनातन धर्मावलम्बीले सोमबारे औँसी मनाउँछन्। यस्तो संयोग परेको दिनलाई मौनी औासी पनि भनिन्छ ।
वैदिक परम्परामा औँसीलाई पितृको पर्व मानिन्छ। यो दिन तर्पण, श्राद्ध गर्ने वा पितृका नाममा दान गर्ने विधान छ।
पुराण र ज्योतीषीय ग्रन्थमा भने सोमबारको औँसीमा बिहान सबेरै उठेर नबोली नुहाउने पिपलको बोटमा जल तथा दूध चढाउँदा पितृदोष शान्त हुन्छ भन्ने मान्यता छ । यस दिन बिहान कसैसँग पनि नबोली नहुाउनु पर्छ भन्ने मान्यता राखिन्छ ।
सोमबार औँसी तिथि अपराह्न १ बजेर २५ मिनेटसम्म रहने र त्यसपछि फाल्गुण शुक्ल प्रतिपदा आरम्भ हुने पञ्चांगमा उल्लेख छ।