• मंसिर १२ २०८१, बुधबार

१६ दिनपछि एसियन च्याम्पियनसिप आयोजना गरिने

फाल्गुन ७ २०७९, आईतवार

काठमाडौं। नेपाल एथलेटिक्स संघले २२ वर्षपछि एसियाली स्तरको प्रतियोगिता आयोजना गर्ने भएको छ ।

नेपाल एथलेटिक्स संघले १६औं संस्करणको एसियन क्रसकन्ट्री च्याम्पियनसिप फागुन २३ गते गोकर्णमा आयोजना गर्ने घोषणा गरेको छ ।

लामो समयपछि घरमै फकिएको एसियाली च्याम्पियनसिपका लागि नेपाली टिमको तयारी भने अहिलेसम्म सुरु गरिएकै छैन । नेपालले चारै विधामा पूर्ण कोटामा खेलाडीको सहभागिता गराउने बताए पनि राष्ट्रिय टिम छनोट गरिएको छैन ।

नवौं राष्ट्रिय खेलकुद, बंगलादेशको शेख बंगबन्धु म्याराथन तथा घरेलु प्रतियोगिताहरु पनि लगातार भइरहेका कारण टिम छनोट ९ गते राखिएको र १० दिनको विशेष प्रशिक्षणपछि प्रतियोगितामा सहभागी हुने संघले जनाएको छ ।