एजेन्सी । टर्कीमा गएको शक्तिशाली भूकम्पमा परेर बेपत्ता भएका विंगर क्रिस्टियन आत्सु आफू बस्दै आएको अपार्टमेन्टको भग्नावशेषमुनि मृत अवस्थामा फेला परेका छन्।
आत्सुका एजेन्टले उनी मृत फेला परेको पुष्टि गरेका बिबीसीले जनाएको छ। फेब्रुअरी ६ मा भूकम्प जाँदा घानाका फरवार्ड बस्ने अन्तक्या-हटाए अपार्टमेन्ट भत्किएको थियो। त्यसयता आत्सु बेपत्ता थिए। हातेमा रहेका उनका एजेन्ट नाना सेचेरेले शनिबार ट्वीटरमार्फत यको पुष्टि गरेका हुन्।
‘यो अत्यन्तै गहिरो हृदयका साथ मैले सबै शुभचिन्तकहरूलाई भन्नै पर्छ, दु:खका साथ क्रिश्चियन एत्सुको शव आज बिहान फेला परेको छ’, उनले भनेका छन्।
उनले मृतकको परिवारमा गहिरो समवेदना व्यक्त गर्दै यस दुःखको घडीमा सबैलाई धैर्यधारण गर्ने शक्ति भगवानले दिउन् भन्ने कामना गरेका छन्।