• मंसिर १२ २०८१, बुधबार

आईसीसी क्रिकेट विश्वकपमा नेपाल ३ विकेटले विजयी

फाल्गुन ६ २०७९, शनिबार

काठमाडौँ। आईसीसी क्रिकेट विश्वकप लिग टु मा शनिबार नेपाल ३ विकेटले विजयी भएको छ । आशिफ शेख र ज्ञानेन्द्र मल्लको कीर्तिमानी साझेदारी र कुशल मल्लको विस्फोटक अर्धशतकको मद्दतमा नामिबियालाई ३ विकेटले पराजित गरेको गरेको हो ।

घरेलु मैदानमा जारी लिग टु को शृखंलामा नेपालको यो लगातार तेश्रो जित हो । नौ रनमै कुशल भुर्तेललाई गुमाएको नेपालका लागि आशिफ शेख र ज्ञानेन्द्र मल्लले १३९ रनको साझेदारी गरेका थिए । जसमा आशिफले ९८ बलमा ८१ रन र ज्ञानेन्द्रले ७४ बलमा ६५ रन बनाएका थिए ।

त्यसपछि आएका कुशल मल्लले पनि नेपालका लागि अर्धशतक प्रहार गरे । उनले ४९ बलमा ६२ रन बनाए । त्यस्तै, रोहित पौडेलले ३९, सोमपाल कामीले आठ, सन्दीप जोराले तीन तथा दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले एकएक रन बनाए ।