काठमाडौं । काठमाडौंमा अवस्थित वीर अस्पतालका निर्देशक डा. भूपेन्द्र बस्नेतको जिम्मेवारी खोसिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्रीस्तरीय बैठकले उनलाई जिम्मेवारीबाट हटाउँदै नयाँ नियुक्ति गरेको हो ।
उनको ठाउँमा ट्रमा सेन्टरका पूर्वनिर्देशक सन्तेष पौडेललाई नियुक्त गरिएको स्वास्थ्य मन्त्रीको सचिवालयले जनाएको छ । मन्त्रालका अनुसार अब भूपेन्द्र वीर अस्पतालमै चिकित्सकको रुपमा मात्रै रहने भएका छन् । बस्नेत कांग्रेस निकट मानिन्छन् भने नयाँ निर्देशक पौडेल एमाले निकट मान्छिन् ।