• असार २० २०८१, बुधबार

मान्छे बन्न सक्लान् डल्फिन ?!

फाल्गुन ५ २०७९, शुक्रबार

डल्फिन हल्का जीउका, अत्यधिक लचिला र कमजोर हड्डी भएका प्राणी हुन् । यिनको तुलना जमिनमा कमजोर हड्डी भएका थलचर प्राणी र विशेषतः मानिससँग हुने गरेको छ । डल्फिन अत्यधिक सचेत, गतिशील र चलायमान हुन्छन् ।

यिनीहरू मानिस झैं विभिन्न कलाले सुसज्जित हुन्छन् । यिनीहरू सितिमिति कुनै पनि सिकारी शार्क वा अन्य ठूला माछाको मुखमा पर्दैनन् । डल्फिनमा अन्य जनावर वा प्राणीको भन्दा लामो स्मरण शक्ति हुन्छ ।

डाल्फिनहरू पानीमा घुमिरहँदा आइपर्ने बाधाव्यवधान र शिकारी शत्रुको पहिचान हुना साथ एकले अर्कालाई थाह दिई एकजुट भएर प्रहार गर्न थाल्छन् । डल्फिनको सुन्ने प्रणाली निकै परिष्कृत र उन्नत हुन्छ ।

अन्धा डल्फिन पनि शत्रुबाट सजिलै बच्न सक्छन् । डल्फिनलाई गन्धको त्यति धरै अनुभूति हुँदैन । यिनीहरू मानिसजस्तै सुघ्ने शक्ति कमजोर हुन्छ । स्वादको पनि त्यति राम्रो अनुभूति गर्दैनन् ।

डल्फिनले नाकको चुच्चोलाई शार्क मार्न प्रयोग गर्छन् । यो उनीहरूका लागि अचूक अस्त्र हो । डल्फिनसँग पौडी खेल्ने क्रममा छल्न छलिन लर्किने खालको छाला हुन्छ । आश्चर्य लाक्ष्ग्ने कुरा त के हो भने यदि बाहिरी छालामा चोट पर्न गएमा छालाको त्यो बाहिरी सतह २ घण्टामा पुनः ताजा भएर आइहाल्छ ।

डल्फिनको फोक्सो हुन्छ । तिनीहरूले मानिसले जस्तो सास फेछर्न् । तिनीहरू जमिनमा बस्न सक्दैनन् किनभने तिनीहरूसँग खुट्टा हुँदैनन् । अर्को कुरा पानी बाहिरको वातावरण निकै तातो पनि छ ।

डल्फिनहरू मानिस झैं प्रत्येक दिन आठ घण्टा सुत्छन् । उनीहरू पनि मानिस झै निद्रा पुर्याउने गर्छन् । डल्फिनहरू निरन्तर निद्रामा हुँदैनन् । छिनछिनमा ब्युझने र सुत्ने गर्दछन् । यसो गर्नुको कारण हो, उनीहरूमाथि दुस्मनबाट आक्रमण नहोस् ।

बाँकी समय आहाराको खाजी र पौडी खेलेर बिताउँछन् । डल्फिन सामान्यतया प्रतिमिनेट तीन/पाँच पटक सास फेर्न पुनः सतहमा आउँछन् ।
गर्भावस्थामा, महिला डल्फिनले एक पटकमा एक बच्चा पाउँछन् । कहिलेकाँही ती बच्चाहरू जुम्ल्याहा पनि हुन्छन् । बच्चा जन्माएपछि, महिला डल्फिनले आफ्ना नानीहरूलाई मानिसका आमाझैं केही महिनासम्म ढाडमा बोकेरै हुर्काउँछन् ।

आमाडाल्फिनले आफ्ना बच्चाहरूलाई अत्यन्त पौष्टिक र शक्तिबद्र्धक दूध चुसाउने गर्दछन् । एउटा डल्फिनको औसत आयु २० देखि २५ वर्ष हो, तर तिनीहरू ५० वर्षसम्म बाँच्न सक्छन् ।

डल्फिन अत्यन्त बुद्धिमान समुद्री जीव हुन् । तिनीहरू सिक्न, खेल्न, सामजिक बनाउन र मानिसजत्तिकै शोक र अनुभूत गर्न सक्छन् । डल्फिन परोपकारी स्वभावका हुन्छन् । लामो समयसम्म बिरामी वा घाइते जीव वा व्यक्तिहरूसँग बस्न रूचाउँदछन् ।

डल्फिन एकआपसमा मानिसले झैं कुराकानी गर्छन् । डल्फिनहरू एक अर्कालाई उनीहरूको नाममा बोलाउँदछन् । डल्फिन प्रायः १,००० को संख्यामा सामूहिक यात्रा गर्दछन् । डल्फिन एक्लै बस्नसक्ने प्राणी होइनन् ।

डल्फिन प्रतिघण्टा २० माइलको यात्रा गर्दछन् । यो उनीहरूका लागि सहज यात्रा हो । डल्फिनले मानवको क्रियाकलाप र तरंगहरू समात्ने गर्दछन् । वैज्ञानिकहरूले अझै बुझ्न सकेका छैनन् कि किन डल्फिनहरू पानीबाट बाहिर हामफाल्छन् ?

तिनीहरूमध्ये केही हवामा २० फिट माथि उफ्रिन्छन् । ठूलो सेतो शार्क, टाइगर शार्क, डस्की शार्क, र बैल शार्क डल्फिनका दुस्मनहरू हुन् ।
डल्फिनले मात्र डस्छन् । सुरूमै टोक्ने र चोट पुर्याउने गर्दैनन् । तिनीहरू रिसाए, निराश भए, चिन्तित भए वा डराए भने मात्र डस्छन् । डल्फिनलाई सैन्य प्रशिक्षण पनि दिइन्छ ।

प्रशिक्षित डल्फिनहरूलाई खानीहरू भेट्टाउन र हराएको मानिस फेला पार्न प्रयोग गरिन्छ । तर जापान, पेरू, सोलोमन टापु र फारो टापुहरूमा डल्फिनको सिकार गर्ने गरिन्छ । यहाँबाट डल्फिनको मासु विश्वभर निर्यात गरिन्छ ।