• मंसिर १५ २०८१, शनिबार

मेन्छियाम हाइड्रोपावरको आईपिओ आउँदै, क-कसले दिन पाउँछन् आवेदन ?

फाल्गुन ३ २०७९, बुधबार

काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडले साधारण सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।

कम्पनीले यही फागुन १० गतेदेखि आयोजना पीडित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ)को बिक्री खुला गर्ने भएको हो।

कम्पनीले आफ्नो जारी पूँजी ५४ करोड २५ लाख ८३ हजार तीन सयको १० प्रतिशत अर्थात् पाँच करोड ४२ लाख ५८ हजार तीन सय बराबरको प्रतिशेयर एक सय दरका पाँच लाख ४२ हजार पाँच सय ८३ कित्ता सेयर आयोजना पीडित क्षेत्र सङ्खुवासभावासीका लागि निष्कासन गर्न लागेको हो।

त्यस्तै अति पीडित सङ्खुवासभाको साविक सिद्धिकाली, सिद्धपोखरी र मावादिन गाविसका बासिन्दामा दुई लाख ७१ हजार दुई सय ९२ कित्ता र त्यसबाहेक सङ्खुवासभाका बासिन्दाका लागि दुई लाख ७१ हजार दुई सय ९१ कित्ता छुट्याइएको छ।