• फाल्गुन २८ २०८१, बुधबार

यसरी सुरु भयो भ्यालेन्टाइन डे ?

फाल्गुन २ २०७९, मंगलवार

फेब्रुअरी महिना भन्ने बितिकै याद भ्यालेन्टाइन डे भनेर पनि बुझ्ने गरिन्छ । हरेक वर्षको १४ फेब्रुअरीका दिन मनाइने भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस  प्रेमको महिनाको रूपमा मनाइन्छ । यो महिना प्रेम गर्नेहरूका लागि महासागर हो ।  आफूले मनपराएको वा चाहेको मानिसलाई आफ्नो भावना अभिव्यक्ति गर्ने दिन हो ।  भ्यालेन्टाइन डेको इतिहास खोतल्दा तेस्रो शताब्दीमा पुग्नुपर्छ । एजेन्सीको सहयोगमा भ्यालेन्टाइन्स डेबारे तयार पारिएको सामग्री सन्त भ्यालेन्टाइनको सम्झनामा यो दिवस मनाइन्छ । भ्यालेन्टाइन्स डेमा प्रेमी–प्रेमिका, पति–पत्नीले एक–अर्कालाई गिफ्ट दिएर प्रेम साट्ने गर्छन् ।

भ्यालेन्टाइन रोमका पादरी थिए । इ.सं. २६९ को १४ फेब्रुअरीमा सन्त भ्यालेन्टाइनलाई फाँसी दिइएको थियो । उनी पादरी मात्र थिएनन्, प्रेमका पुजारी पनि थिए । त्यसैले उनलाई फाँसी दिइएको दिनलाई प्रेम दिवसका रूपमा विश्वभर मनाइन्छ ।

रोमका शासक क्लाडियसले उनलाई फाँसी दिएका थिए । क्लाडियस तेस्रो शताब्दीमा रोमका सम्राट थिए । उनले भ्यालेन्टाइनलाई किन दिए त फाँसी रु सम्राट क्लाडियसले त्यतिवेला पूरै राज्यमा अचम्मको आदेश जारी गरे । उनको आदेशमा भनिएको थियो कि अधिकारी या सैनिकले विवाह गर्न नपाउने ।

उनले विवाहलाई गैरकानुनी घोषणा गरिदिए । किनभने, अविवाहित पुरुषसँग अब्बल क्षमता हुन्छ भन्ने क्लाडियसको मान्यता थियो । विवाहपछि पुरुषको बुद्धि र शक्तिमा ह्रास आउने उनको अड्कल थियो । तर, यस्तो हुकुमलाई सन्त भ्यालेन्टाइनले अन्यायपूर्ण भएको बताए र विरोधमा उत्रिए । भ्यालेन्टाइन विरोधमा मात्र उत्रिएनन्, उनले कैयौँ अधिकारी, सैनिक र युवा जोडीको विवाह नै गराइदिए । उनले मानिसलाई विवाह गर्न प्रोत्साहित गर्थे । यस्तो गतिविधिलाई उनले निरन्तरता दिए ।

जब राजा क्लाडियसले यस्तो कुरा थाहा पाए त्यसपछि उनी निकै क्रोधित बने । र, भ्यालेन्टाइनलाई फाँसी दिने निर्णय गरे । १४ फेब्रुअरीको दिन उनलाई फाँसी दिइयो र भिया फ्लामिनियामा दहन गरियो । यही दिनलाई प्रेम दिवसका रूपमा मनाउन सुरु गरिएको हो ।

उनीसँग जोडिएको अर्को पनि कथा छ । भ्यालेन्टाइनलाई जेलमा कोचिएको थियो र उनले एक जेलरकी छोरीलाई मन पराएका थिए । भ्यालेन्टाइनले जसलाई मन पराएका थिए, उनी दृष्टिविहीन थिइन् । उनीहरू प्रेममा परे । भ्यालेन्टाइनले आफैँ भेटेर जेलरकी छोरीलाई पहिलोपटक ग्रिटिङ दिएका थिए । एक दिन उनी भ्यालेन्टाइनलाई भेट्न जेलमा गएकी थिइन् । तर, त्यहाँ उनले भ्यालेन्टाइन होइन, उनले लेखेको पत्र मात्र भेटिन् । मर्नुभन्दा पहिले भ्यालेन्टाइनले आफ्नो हस्ताक्षरसहित लेखेका थिए, ‘फर योर भ्यालेन्टाइन ।’ यसैलाई आजको दिनमा पनि प्रयोग गरेर भ्यालेन्टाइन डेको रूपमा मानिन्छ । यो पनि विश्वास छ कि जब भ्यालेन्टाइनको मृत्यु भयो, अकस्मात् उनकी प्रेमिकाले आँखा देख्न थालेकी थिइन् ।

प्रेम जोडीका लागि फेब्रुअरी विशेष माया प्रेमको महिना हो । यस महिनाको एक हप्तासम्म अर्थात फेब्रुअरी ७ देखि १४ तारिखसम्म ‘भ्यालेन्टाइन्स सप्ताह´को रूपमा मनाउने गरिन्छ ।