• असार २० २०८१, बुधबार

मानिसले हरेक दिन १५ करोड दुरी पार गर्छ

माघ २९ २०७९, आईतवार

पृथ्वीले आफ्नो कक्षबाट १४ करोड ९६ लाख किलोमिटर टाढा रहेर सूर्यको परिक्रमा गर्छ । यो परिक्रमा गर्ने कक्ष वृत्ताकार भएकाले पृथ्वी कहिले टाढा त कहिले सूर्यको नजिक हुन जान्छ ।

पृथ्वीले सूर्यको परिक्रमा गर्ने गति २९ दशमलब ७८ किलोमिटर प्रतिसेकेण्ड छ । यसलाई घण्टामा गणना गर्दा १ लाख ७ हजार २०८ किलोमिटर प्रतिघण्टा हुन आउँछ ।

सूर्यको एक पटक परिक्रमा पूरा गर्न पृथ्वीलाई ३ करोड १४ लाख ७१ हजार ४३७ सेकेण्डको समय लाग्छ । यो भनेको ३६५ दिन बराबर हो । यसैलाई हामी एक वर्ष गणना गर्छौं ।

पृथ्वी आफ्नो अक्षमा एकपटक फनक्क घुम्दा एक दिनरात हुन्छ । दिनरातको अवधि २४ घण्टा मानिए पनि यो वास्तवमा २३ घण्टा ५६ मिनेट ४ सेकेण्ड मात्र हुन्छ ।

यो समयमा पृथ्वीले ९३ करोड ७२ लाख १९ हजार ३९३ किलो मिटर यात्रा गरिसक्छ । मानिसले हरेक दिन पृथ्वीसँगै यति लामो दुरी यात्रा पूरा गरिरहेको हुन्छ ।

यदि यही गतिमा यात्रा गर्ने हो भने पृथ्वीको वरिपरि भ्रमण ७ मिनेटमा, चन्द्रमासम्म भ्रमण ४ घण्टामा र सूर्यसम्मको भ्रमण ५८ दिनमा पूरा गर्न सकिन्छ ।