काठमाडौँ। जिनियस आइबि वर्ल्ड स्कुलको आयोजनामा दोश्रो जिनियस कप यु–१२ अन्तरविद्यालय फुटसल प्रतियोगिता आइतबार हुने भएको छ ।
प्रतियोगितामा काठमाडौं उपत्यकाका १२ विद्यालयबाट १२ छात्र टिमको सहभागिता रहने जिनियसका शिक्षा प्रमुख प्रदिप बज्राचार्यले पत्रकार सम्मेलनमा जानकारी गराए । सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।
शिक्षा प्रमुख वज्राचार्यले खेलकुदको माध्यमबाट विद्यार्थीहरुको शिक्षाकासाथै अतिरिक्त क्रियाकलापमा पनि सहभागी गराइ विद्यार्थीहरुको मनोबल उच्च बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको र आगामी दिनमा पनि प्रतियोगितालाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।
पहिलो संस्करणको उपाधि स्वस्तिश्रीले जितेको थियो । एकदिने प्रतियोगिताका खेलहरु ललितपुरको लुभुस्थित आयोजकको आफ्नै पूर्वाधार हुनेछ ।