• मंसिर ७ २०८१, शुक्रबार

ह्वाट्सएपमा अब बोलेको कुरा अक्षरमा उतार्न सकिने

माघ २८ २०७९, शनिबार

काठमाडौं । ह्वाट्सएपले नयाँ फिचर सार्वजनिक गर्ने तयारी गरेकाे छ । धेरै प्रयोगकर्ताहरूको मागबमोजिम कम्पनीले आवाजलाई शब्दमा उतार्ने फिचर ल्याउन लागेकाे हाे ।

कम्पनीले यो फिचरमा सन् २०२१ देखि नै काम गर्दै आएको छ । सबैभन्दा सुरुमा कम्पनीले आईओएस डिभाइसमा यस फिचरको परीक्षण गरेको थियो ।

ह्वाट्सएपको विषयमा भित्री जानकारीहरु बाहिर ल्याउने वेबसाइट ‘डब्लु ए बेटा इन्फो’ मा प्रकाशित एक लेखअनुसार कम्पनीले आवाजलाई अक्षरमा उतार्ने फिचर परीक्षण गरिरहेको छ र यो अब चाँडै सबै प्रयोगकर्ताको लागि उपलब्ध पनि हुनेछ ।