• मंसिर १२ २०८१, बुधबार

राजनलाई प्रधानसेनापति म्याराथनको उपाधि

माघ २८ २०७९, शनिबार

काठमाडौं। प्रधानसेनापति खुला म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका राजन रोकायाले जितेका छन् ।

जंगीअड्डा भद्रकालीमा शनिबार भएको म्याराथनमा राजनले निर्धारित दुरी २ घन्टा २० मिनेट ०८ सेकेन्डमा पूरा गर्दै च्याम्पियन बनेका हुन् ।

उपाधिसँगै राजनले ३ लाख नगद पुरस्कार र यामाहाको मोटरसाइकल प्राप्त गरे ।

आर्मीकै खडक बहादुर खड्काले २ घन्टा २१ मिनेट ४३ सेकेन्डको समय निकाल्दै दोस्रो स्थान हासिल गरे ।

आर्मीका कृष्ण बहादुर बस्नेतले २ घन्टा २२ मिनेट २२ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो स्थान हासिल गरे ।

दोस्रो भएका खडकले २ लाख र तेस्रो भएका कृष्णले १ लाख प्राप्त गरे ।