काठमाडौं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत माग्दा बहुमतले अस्वीकृत भएको छ ।
बिहीबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री रावलले विश्वासको मत मागे पनि विश्वासको मत पाउन असमर्थ रहे । विश्वासको मत नपाएसँगै मुख्यमन्त्री रावल पदमुक्त भएका छन् ।
२७ पुसमा मुख्यमन्त्री नियुक्त भएका रावलले संविधान अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने थियो । तर, उक्त समयसीमाभित्र उनले विश्वासको मत पाउन सकेनन् ।
नागरिक उन्मुक्तिका सातैजना सांसद अनुपस्थितसँगै मुख्यमन्त्री रावलले विश्वासको मत पाउनबाट बञ्चित रहे । नाउपाका ७ जना प्रदेश सांसद हाल काठमाडौंमा छन् ।
उनीहरुलाई फकाउन गठबन्धनका दलका नेताहरू छलफलमा रहे पनि असमर्थ रहे । नाउपाले रेशम चौधरीसहितको रिहाइको माग गर्दै आएको छ ।