काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएको हो । १७५ रुपैयाँ रहेको पेट्रोलको मूल्य बढेर १७८ रुपैयाँ पुगेको हो ।
निगमले सोमबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएको छ ।
निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखेको छ ।