• मंसिर १५ २०८१, शनिबार

वित्तीय गल्ती गरेको प्रमाण ल्याए टुँडिखेलमा झुण्डिन तयार छु : बोर्ड अध्यक्ष हमाल

माघ २३ २०७९, सोमबार

काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले बोर्डमा बसेर आफूले वित्तीय रूपमा कुनै गल्ती नगरेको दाबी गरेका छन् । सोमबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष हमालले बोर्डको अध्यक्ष भएर आएको ११ महिनामा बाहिर बजारमा हल्ला आएजस्तो आफूले वित्तीय रूपमा कुनै गल्ती नगरेको दाबी गरेका हुन् ।

उनले आफूले धितोपत्र बोर्डमा सुधारका तत्काल धेरै काम सुरु गरेपछि चौतर्फी आक्रमण गरी चरित्र हत्या गर्न खोजिएको आरोप लगाए । उनले आफूले कुनै पनि वित्तीय रूपमा गल्ती गरेको प्रमाण भए कानुनअनुसार कारबाही भोग्न तयार रहेको पनि बताए । बरु कानुनविपरीत काम गर्नेलाई कारबाही गरेपछि आफूलाई घेराबन्दीमा पारिएको उनको भनाइ छ ।

उनले आफूले कुनै वित्तीय गल्ती गरेको प्रमाण ल्याएमा टुँडिखेलमा गएर झुन्डिन तयार रहेको बताए । बोर्डले धितोपत्र बजारमा सुधारका धेरै कामहरूको थालनी गरेको दाबी उनको छ ।