• असार २० २०८१, बुधबार

‘पानीहाँस’ मा बदलिँदै पेन्गुइन !

माघ २० २०७९, शुक्रबार

पेन्गुइन हिउँमा बस्ने चरा हो । यसको मुख्य बासस्थान भनेको उत्तरी ध्रुव हो । जो हिउँको संसार भनेर चिनिन्छ ।

आजभन्दा २.४ अर्ब वर्ष पहिले पृथ्वीमा सुरू भएको हिमयुगबाट हिउँ पर्ने र जम्ने गरेदेखि नै शायद पेन्गुइन अस्तित्वमा आउन थालेको हो । उत्तरी ध्रुवमा विभिन्न प्रजातिका जीवजन्तु उत्पत्ति र विकास हुँदा पेन्गुइन प्रजातिको विकास हुन थाल्यो ।

तर अहिले यो हिम क्षेत्रमा ‘ग्लोबल वार्मिङ’ वा ‘वैश्विक तपन’का कारण हर सेकेण्ड नरोकिएर निरन्तर हिउँ पग्लिइरहेको छ । अहिले त यहाँ पलपलमा हिउँ पहिरो गइरहेको छ ।

यसले बाह्रै महिना हिउँमा बस्ने पेन्गुइन र हिमभालुको जीवन र अस्तित्व सङ्कटमा पुर्‍याएको छ । हिँउमाथि दुई खुट्टाको सहाराले मानिसजस्तै सिधा भएर हिँड्ने यो चरा पानीमा पौडन पनि उत्तिकै माहिर हुन्छ ।

यो चरा आफैमा प्रकृतिको अनुपम रचना र उपहार हो । तर यो चरा विश्वमा बढिरहेको तापक्रमका कारण हिउँ पग्लँदै जानाले संकटमा परिरहेकाले पानीसँग बगेर गर्मी इलाकासम्म आइपुगेको छ ।

हिउँ पग्लिएपछि पग्लिएको हिउँपानी र आइस वर्गसँगै दक्षिण अफ्रिका, चिली, पेरू, ग्यालापागोस द्वीप, न्युजिल्याण्ड, अष्ट्रलिया लगायतका देशहरूमा पेन्गुइन बगेर आउने गरिरहेका छन् ।

अबका दिनमा पेन्गुइन जीउनका लागि यसले यसको प्रजातिमा उत्परिवर्तन ल्याउनु आवश्यक देखिन्छ । लोपोन्मुख प्रजातिका रूपमा देखा परिसकेकाले र हिँउ पग्लने प्रक्रियासँगै यसले अब गर्मीमा बस्ने पानीहासको नयाँ प्रजातिमा फेरिनु पर्ने बाध्यात्मक अवस्था झेलिरहेको छ ।