• फाल्गुन २४ २०८२, आईतवार

सन्दीप लामिछाने खेलमा फर्किए, बन्यो उनी सहितको २० खेलाडीको टिम

माघ १९ २०७९, बिहीबार

काठमाडौं । पूर्वकप्तान सन्दीप लामिछानेलाई समेट्दै नेपाल क्रिकेट संघ (क्यान) ले बन्द प्रशिक्षणको दोस्रो चरणमा २० खेलाडीलाई समेटेको छ ।

क्यानले बिहीबार सन्दीपसहित दोस्रो चरणको बन्द प्रशिक्षणमा समेटिएका २० खेलाडीको नाम सार्वजनिक गरेको हो । बलात्कार आरोपको मुद्दामा धरौटीमा रिहा भएका सन्दीपमाथिको निलम्बन क्यानले गएको मंगलबार फुकुवा गरेको थियो ।

यसअघि क्यानले बन्द प्रशिक्षणको पहिलो चरणमा २८ खेलाडीलाई बोलाएको थियो । नेपाल, नामिबिया र स्कटल्यान्ड सम्मिलित त्रिदेशीय शृङ्खला फेब्रुअरी १४ देखि २१ सम्म हुनेछ ।

दोस्रो चरणमा परेका खेलाडीहरू :
सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, रोहित पौडेल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, करण केसी, ललित राजवंशी, सन्दीप जोरा, प्रतिश जिसी, कमलसिंह ऐरी, किशोर महत्तो, मौशम ढकाल, सुर्य तामाङ, सोमपाल कामी, अर्जुन साउँद ।