काठमाडौं । नुवाकोटमा ०७२ सालमा आएको भुकम्पले भत्काएको सहिद जगतप्रकाशजंग शाह संस्कृत माविको पुननिर्माण गरी जापानले हस्तान्तरण गरेको छ ।
‘इमर्जेन्सी स्कूल’ अन्तर्गत भुकम्पले भत्काएका विद्यालयहरु पुनर्निर्माण गरिएको जापानले जनाएको छ ।
पुनर्निर्माण परियोजना विपदबाट भएको क्षतिलाई पुनर्निर्माण गर्नका लागि जापान बनाएको सहयोगी परियोजना हो । यसमा विद्यालय तथा विभिन्न संरचनाहरु पर्दछन् ।
एक भिडियो भाषणमार्फत् सो विद्यालय हस्तातरण गरिएको जापानी राजदूतावासले जनाएको छ ।
यो परियोजनामार्फत् कूल २७४ वटा विद्यालय पुनर्निर्माण गर्ने लक्ष्य छ । जसमा छवटा गम्भीर भूकम्प प्रभावित जिल्लाहरू छन् । यस अनुसार आजसम्म यो सहित २७३ विद्यालय सम्पन्न भएका छन् ।
विद्यालयहरूलाई थप बनाउनको लागि ‘बिल्ड ब्याक बेटर’को अवधारणा अन्तर्गत विद्यालयहरूलाई पुनर्निर्माण गरिएको हो । जापानी राजदूत किकुताले विद्यार्थीको संख्यामा भएको बृद्धि भएकोमा खुशी व्यक्त गरे । यो विद्यालयमा अहिले नेपालभरका विद्यार्थीहरू अध्ययनरत छन् । सन्देशमार्फत् उनले अध्ययनका लागि जापान गएका गएका विद्यार्थीहरुलाई भेट्ने आशा व्यक्त गरे ।
उनले दुई देशबीचको सम्बन्ध र नेपालको विकासमा पनि नेपालस्थित जापानी दूतावासले विद्यालयहरूलाई थप सुदृढ बनाउने आशा राखेको छ । जापान नेपाल र जापानबीचको सम्बन्ध र त्यहाँका जनताबीचको मित्रता भावी पुस्ताका लागि पनि जिवित राख्न चाहन्छ ।