काठमाडौं । नेपाललाई अनुदान दिने देशहरुको सूचि लामो नै बन्दैछ । छिमेकी मुलुक भारतले आउने आर्थिक वर्षमा नेपाललाई दिने अनुदान प्रतिवद्धता घटाएको छ । यसअघि चीनले पनि नेपाललाई अर्बौं रकम अनुदान दिने घोषणा गरेको छ ।
अमेरिकाले पनि नेपालाई अनुदान दिन्छु भनेर भाषण गरिरहेको छ । तर कस्ले के स्वार्थले अनुदान दिन लागिरहेका छन् त्यसको भने अनुसन्धान गर्नैपर्छ ।
बुधबार मात्रै भारतको नयाँ बजेट सार्वजनिक गर्दै भारतीय वित्तमन्त्री निर्मला सीतारमणले विभिन्न मुलुकहरूलाई दिने अनुदानबारे जानकारी दिएकी हुन् ।
भारतीय बजेट अनुसार आगामी वर्ष भारतले नेपाललाई ५५० करोड भारू अनुदान दिनेछ । गत वर्ष भारतले नेपाललाई दिने अनुदान रकम ४२५ करोड भारू थियो । सुरूमा ७५० करोड भारू अनुदान दिने बजेटमा उल्लेख भए पनि पछि बजेट संशोधन गरेर रकम घटाइएको थियो ।
आर्थिक वर्ष २०२१-०२२ मा भारतले नेपाललाई ४४८ करोड भारू दिएको थियो । यसपालि भारतले सबैभन्दा धेरै अनुदान भुटानलाई दिने भएको छ । भुटानले १६३२ करोड अनुदान पाउने भएको छ भने ७८८ करोड ऋण पाउने छ ।
विश्व भूराजनीतिको केन्द्रमानेपाल रहेकोले यहाँका नेताहरुलाई आआफ्नो पक्षमा तान्नका लागि यसरी अनुदान दिने गरिने गरेको अर्थविश्लेषकहरु बताउँछन् ।