काठमाडौं । जापान सरकारले नेपाललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । आज काठमाडौंको कीर्तिपुर आँखा अस्पतालमा भएको एक कार्यक्रममा नेपालका लागि जापानका राजदूत किकुता युताकाले सो उपकरण हस्तान्तरण गरेका हुन् ।
सहयोग स्वरुप दिइएको चिकित्सा उपकरणको मूल्य १ लाख ५४ हजार १ सय अमेरिकी डलर बराबरको रहेको छ ।
राजदूत किकुताले नेपाललाई स्वास्थ्य उपकरण उपलब्ध गराउन पाएकोमा खुशी व्यक्त गरे ।