• मंसिर १२ २०८१, बुधबार

संस्कृति मन्त्रीलाई मगर अगुवाले बुझाए ज्ञापनपत्र, के-के छन् मागहरु ?

माघ १८ २०७९, बुधबार

बुद्दिमाया पुन, काठमाडौं । मगर समुदायका अगुवाले विभिन्न मागहरु राखेर संस्कृति मन्त्री सुदन किरातीलाई ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा मगर समुदायका मौलिक अमुर्त संस्कृतिहरुलाई नेपाल सरकारको राष्ट्रिय सूचिमा सूचिकृत गर्नुपर्ने, नेपालको प्रथम सहिद लखन थापामगरलाई राष्ट्रिय विभूति घोषणा गरि राज्यले फागुन २ गते सहिद दिवस मनाई सार्वजनिक विदा दिनुपर्ने लगायतका मागहरु पेश गरिएका छन् ।

साथै मागपत्रमा ऐतिहासिक मगरात बस्तिलाई पर्यटकीय गन्तब्य सूचिमा राख्नुपर्ने, मगर मातृभाषालाई पनि प्रदेश र स्थानीय सरकारको कामकाजी भाषा बनाउनु पर्ने पनि उल्लेख गरिएको छ ।

ज्ञापनपत्र बुझाउन संघका अध्यक्ष ज्ञानेन्द्र पुनमगर, सहअध्यक्ष गंगाबहादुर थापामगर, साँस्कृतिक उपाध्यक्ष कविराज मगर, महासचिव टेकबहादुर नाम्जाली मगर, उपमहासचिव खेम पुनमगर, केन्द्रीय सदस्यहरु : कर्ण ब. क्यापछाकीमगर, गोपी पुनमगर, नेपाल मगर महिला संघका अध्यक्ष हिरुसरा रानामगर, नेपाल मगर लेखक संघका अध्यक्ष विष्णुकुमार सिंजाली मगर, नेपाल मगर साँस्कृतिक संघका अध्यक्ष दिपसागर थापामगर, नेपाल मगर खेलकुद संघका अध्यक्ष निरज पुनमगर, साँस्कृतिक संघका वरिष्ठ उपाध्यक्ष अमला थापामगर, प्रकृतिपूजक मगर समाजका अध्यक्ष नन्द घर्तीमगर, नेपाल मगर संघ, सम्पर्क समन्वय, केन्द्रीय समितिका महासचिव राजकुमार रानामगर, लुगुम्याल समाजका अध्यक्ष हर्क घर्तीमगर, भूमे समाज, काठमाडौंका महासचिव मदन रोकामगर, भूमे समाजका सदस्यहरु जीवन बुढामगर, र जमान बुढामगर, नेपाल पुनमगर समाज, काठमाडौं उपत्यका सचिव डिबी पुनमगर र सम्पर्क समन्वयका केन्द्रीय सदस्यहरु सकुन्तला मगर र मन्दिरा आले मगर, सम्पर्क समिति सिन्धुलीका अध्यक्ष हरिबहादुर थापामगर लगायतका सहभागी थिए ।