काठमाडौं । शुभम पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयरको बिक्री खुला गरेको छ। कम्पनीले आजदेखि प्रतिकित्ता एक सयका दरले चार लाख ८१ हजार आठ सय ८२ कित्ता सेयर (आइपीओ) निष्कासन बिक्री खुला गरेको हो।
आयोजना प्रभावित स्थानीयका लागि निष्काशन गरी बिक्री नभएका एक लाख ८० हजार पाँच सय ८० कित्तासहित कूल पाँच लाख ८० हजार पाँच सय ८० कित्ता सेयर सर्वसाधारणमा निष्कासन गर्न छुट्याएको थियो।
जसमध्ये ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि र २९ हजार ३० कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिनुका साथै ११ हजार छ सय १० कित्ता सेयर कर्मचारीलाई छुट्याइ थियो।
बाँकी रहेको चार लाख ८१ हजार आठ सय ८२ कित्ता सेयर सर्वसाधारणलाई निष्कासन गरिएको सार्वजनिक आह्वानपत्रमा उल्लेख छ। सर्वसाधारणले यही माघ २२ सम्म १० कित्ता देखि पाँच हजार कित्तासम्म सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्।