• मंसिर १५ २०८१, शनिबार

भारतमा वार्षिक ७ लाखसम्म कमाउनेले कर तिर्नु नपर्ने

माघ १८ २०७९, बुधबार

काठमाडौं । भारतीय वित्त मन्त्री निर्मला सीतारमणले बुधबार संसदमा बजेट २०२३ वाचन गरिरहेकी छन्।

उनले बजेट भाषणका क्रममा आयकरसम्बन्धी नयाँ नियम सार्वजनिक गरेकी छन्। बजेट भाषणका क्रममा उनले अब वार्षिक सात लाख रुपैयाँसम्म आम्दानी गर्ने कुनै किसिमको कर तिर्नु नपर्ने नियम ल्याएकी छन्।

व्यक्गित आयकरअन्तर्गत उनले पाँचवटा नयाँ घोषणा गरेकी छन्। अहिले भारतमा वर्षेनि पाँच लाख रुपैयाँसम्म आम्दानी गर्नेले कुनै कर तिर्नुपर्दैन। तर उनले यसलाई अझै बढाएर सात लाखको प्रस्ताव गरेकी हुन्।