• मंसिर १२ २०८१, बुधबार

क्यानले गर्यो सन्दीप लामिछानेको निलम्बन फुकुवा

माघ १७ २०७९, मंगलवार

काठमाडौं । नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा भएको छ । पोखरामा मंगलबार भएको नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय कार्यसमिति बैठकले निलम्बन फुकुवाको निणर्य गरेको बोर्ड सदस्य विरेन्द्रबहादुर चन्दले जानकारी दिए ।

बलात्कार आरोपमा पक्राउ परेपछि क्यानले लामिछानेलाई निलम्बन गरेको थियो भने उच्च अदालतले उनलाई धरौटीमा छाड्ने निणर्य गरेसँगै निलम्बन फुकुवा गर्ने निणर्य गरेको हो ।

आजैमात्र सोही मुद्दामा क्रिकेटर लामिछानेलाई थुनामै राख्नुपर्ने माग राख्दै महान्यायाधीवक्ताको कार्यालयले सर्वोच्चमा निवेदन दिएको थियो । उच्च अदालतको आदेशविरुद्ध मंगलबार सर्वोच्च अदालतमा निवेदन दर्ता गरिएको महन्यायाधिवक्ताको कार्यालयका प्रवक्ता (सह-न्यायाधिवक्ता) सञ्जिवराज रेग्मीले बताए ।

महान्यायाधिवक्ताको कार्यालयले फौजदारी कार्यविधि संहिता-२०७४ को दफा ७३ अनुसार बेरितको आदेश बदर गर्न माग गरेको छ । पुस २९ मा लामिछाने २० लाख धरौटी बुझाएर रिहा भएका थिए ।