• मंसिर १७ २०८१, सोमबार

जीवित पृथ्वीका रहस्यमय तथ्यहरू

माघ १६ २०७९, सोमबार

हामी बस्दै आएको पृथ्वी आफैमा रहस्यमय छ । यो अरू कुनै ग्रहसँग मेल खाँदैन । यो सौर्य मण्डलको एकमात्र यस्तो ग्रह हो, जसमा प्राणीको अस्तित्व छ । तर प्राणीहरूमा सबैभन्दा सचेत प्राणी मानिसले यसबारेमा धेरै कुरा त ख्याल पनि गरेको छैन ।

हामी मानिसले ध्यान दिने केही बाहिरी कुराहरू बाहेक धेरै कुराहरू त रहस्यमा पनि रहँदै आएका छन् । तर मानिसले यसको खोजी कार्य नगरेको भने होइन ।

पृथ्वीमा रहेका यिनै रहस्य वा तत्वका कारणले यो अरूभन्दा फरक छ र प्राणीको अस्तित्व पनि छ । शताब्दियौंदेखि यही पृथ्वीमा रहँदै आउनु तर यसैका बारेमा प्राणीहरूले कम भन्दा कम जानकारी राख्नु यो नै आफैमा एक रहस्य र आश्चर्य दुवै हो ।

पहिलो कुरा त पृथ्वीको सतह यसको मुनि रहेका विसाल टेक्टोनिक प्लेटहरूले धानिरहेका छन् । अस्तित्वमा राखिरहेका छन् । यिनै टेक्टोनिक प्लेटका कारणले पृथ्वीको बाहिरी सतह आरामदायी बनेका छन् ।

एउटै सौर्यमण्डलमा रहने तर फरक रचना रहने यो पनि आफैमा नौलो र आश्चर्य हो । यिनैले पृथ्वीको सतहमा जहाँत्यही ज्वालामुखी फुट्नबाट रोकेका छन् । बचाएका छन् र हराभरा पृथ्वी जिइरहेको छ ।

दोस्रो कुरा, पृथ्वीको जीवमैत्री सतह रहनु हो । यो सतह यति फैलिएको छ कि जसमा पानी र ग्यास जस्ता पदार्थहरू सजिलै रहेका छन् । फैलिएर पनि अनन्तसम्म नगई गोलो हुनु आफैमा आश्चर्य हो ।

गोलो भएर पनि ग्यास तथा तरल पदार्थ यसैको बाहिरी सतहमा रहनु अर्को आश्चर्य हो । यसलाई कसैले दैवी शक्तिका रूपमा त कसैले भौतिक वा गुरूत्व शक्तिका रूपमा व्याख्या गरेका छन् ।

तेस्रो कुरा, पृथ्वी आफैमा सिलिकन, अक्सिजन र फलामको सबैभन्दा बढी समिश्रण हो । पृथ्वीमा ३२.१ प्रतिशत फलाम, ३०.१ प्रतिशत अक्सिजन र १५.१ प्रतिशत सिलिकन बालुवा र १३.९ प्रतिशत म्याग्नेसियम रहेको छ । यो बाहिरी सतहको कुरा हो, तर पृथ्वीको भित्री केन्द्र मण्डलमा भने ८८ प्रतिशत फलाम रहेको छ ।

चौथो कुरा, पृथ्वीको सतहको मात्र कुरा गर्यौं भने ७० प्रतिशत पानी छ । वा, ७० प्रतिशत भूभाग पानीको मुनी छ । मानिसको शरीरमा पनि ७० प्रतिशत पानी रहेको छ । यसैका कारण अन्तरीक्षबाट हेर्दा पृथ्वी हरियो देखिने गर्दछ । यो हरियो ग्रह पानीका कारणले बन्न पुगेको हो ।

पाँचौं कुरा, पृथ्वीको दश हजार किलोमिटर माथिसम्म हावा फैलिएको छ । यो हावा त्यहाँबाट अन्यत्र कतै पनि जान सक्दैन । गएको पनि छैन । यसले पृथ्वीमा प्राणीको अस्तित्वका लागि अनुकूल वातावरण तय गरिदिएको छ । यसले पृथ्वीको कपडाको जस्तो काम गरिदिएको छ । जीवन रक्षाको काम गरिदिएको छ ।

छेठौं कुरा, हामीले निकै ध्यान पुर्याउनु पर्ने कुरा भनेको पृथ्वीको केन्द्र मण्डलमा ८८ प्रतिशत फलाम रहेकै कारण पृथ्वीको गुरूत्व बल छ । पृथ्वीको चुम्बकीय शक्ति पनि यसैका कारणले रहेको छ । पृथ्वीको वरिपरि यही चुम्बकीय शक्तिले काम गरेको छ । पृथ्वीले आफ्नो कक्ष र अक्षमा निरन्तर फन्को मारिरहँदा पनि वायु तथा पानी जस्ता पदार्थहरू पृथ्वी बाहिर जान नसक्नु यसैका कारणले हो ।

पृथ्वीमा ऋणात्मक झड्काहरू पैदा भइरहनु यसैको कारणले हो । भनिन्छ पृथ्वीका आफ्नै गुरूत्व बल र गुरूत्वाकर्षण शक्तिका कारण यो आफैमा गति पैदा भइरहन्छ । पृथ्वी आफैले चुम्बकीय क्षेत्र बनाएको छ । आफूलाई पनि सुरक्षित राखेको छ ।

यसका कारण यो न त अरू ग्रहहरूमा ठोकिन जान्छ, न त अरूलाई यसमा ठोकिन दिन आउँछ । परिभ्रमणका क्रममा कहिलेकाही सुर्य, तारा या अरू ग्रहको नजिक हुँदा पनि यसको आन्तरिक शक्तिले सन्तुलनले अरूलाई विकर्षित गराइदिने क्षमता राख्दछ ।

यसले आफ्नो निश्चित क्षितिजीय शक्तिसहित लक्ष्मण सीमारेखा राख्दछ ।