• फाल्गुन २७ २०८२, बुधबार

पशुपालक किसान बाहुल्य बस्तीमा गराइयो यति भयानक विष्फोट, २७ किसान मारिए

माघ १२ २०७९, बिहीबार

काठमाडौं । मध्यनाइजेरियाको नासारवा राज्यमा मङ्गलबार राति भएको विष्फोटमा २७ जनाको ज्यान गएको बिहीबार प्रहरीले पुष्टि गरेको छ ।

विष्फोटमा ज्यान गुमाएका २७ जनाको शव फेला परेका नासारवाका प्रहरी प्रवक्ता रमहान नान्सेलले जानकारी दिएका छन् । घटनामा ज्यान गुमाएका सबै फिरन्ते पशुपालक भएका उनले जनाएका छन् ।

विष्फोटको कारण पत्ता लगाउन प्रहरीका साथै अन्य सुरक्षा निकायका अधिकारी परिचालन गरिएको छ । नासारवाका गभर्नरले विष्फोटलाई  दुर्भाग्यपूर्ण  भन्दै दोषीलाई कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।