• फाल्गुन २७ २०८२, बुधबार

हिम पहिरोमा परि ८ जनाको मृत्यु, शव निकाल्न रेस्क्यू टोली घटनास्थल प्रस्तान

माघ ७ २०७९, शनिबार

एजेन्सी । तिब्बतको दक्षिणपश्चिमी क्षेत्रको न्इङ्ची सहरमा हिमपहिरोमा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ । चीन सरकारले शव निकाल्न र बेपत्ता भएकाहरूको निरीक्षण गर्न एउटा टोली पठाएको छ ।

सिन्ह्वा समाचार एजेन्सीका अनुसार  मेनलिंग काउन्टीको पाइ गाउँ र मेडोग काउन्टीको डोक्सोङ ला सुरुङबाट निस्कने सडकको एक खण्डमा हिमपहिरो गएको थियो ।

हिमपहिरोपछि मानिस र सवारी साधन अलपत्र परेका थिए । हिम पहिरोमा कति मानिस हराइरहेका छन् भन्ने बारेमा यकिन हुन बाँकी छ ।