• फाल्गुन २७ २०८२, बुधबार

चिसोले कठ्यांग्रिएर २५ जनाको मृत्यु, अधिकांश मानिस संकटको चपेटामा

माघ ७ २०७९, शनिबार

एजेन्सी । काबुल(बढ्दो चिसोसँगै निरन्तर हिमपातपछि अफगानिस्तानको उत्तरी जाज्जान र छिमेकी सारी पुलप्रान्तमा कम्तीमा २५ जनाको मृत्यु भएको छ ।

जाज्जानप्रान्तको खमाब, खानका र आक्चा जिल्लामा विगत दुई दिनदेखि भारी हिमपातहुँदा कठ्यांग्रिएर चार बालबालिकासहित १८ जनाको मृत्यु भएको छ ।

त्यसैगरी चिसोसँगै हिमपातले सारी पुलप्रान्तमा बालबालिका र महिलासहित सात जनाको मृत्यु भएको छ । तालिबानले सत्ता कब्जा गरेपछि दातृ निकायले अफगानिस्तानलाई प्रदान गर्दै आएको सहयोग रोक्का गरेका छन ।

जसका कारण अधिकांश अफगानी मानवीय संकटको चपेटामा परेका छन् ।