पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकारको पालमा चीनको लागि नेपालको राजदूत भएका महेन्द्र बहादुर पाण्डे हाल मदन भण्डारी फाउन्डेसनमा रहेर काम गरिरहनु भएको छ । नेकपा एमालेबाट राजीनति गरेका पाण्डेको जन्म नुवाकोटमा भएको हो । उनले त्रि.वि. मा २० वर्ष सन् १९७५ देखि १९९५ सम्म अङ्ग्रेजी प्राध्यापकको काम गरेका थिए । पूर्व प्रधानमन्त्री शुसिल कोइरालाको पालामा परराष्ट्र मन्त्री भइसकेका उनै पाण्डेसँगको गरिएको कुराकानीको सारसंक्षेप ।
आजभोलि के गरेर दिन बिताइरहनुभएको छ ?
अहिले म दुई–तीनवटा काममा व्यस्त छु । पहिलो काम मदन भण्डारी मेमोरियल कलेजलाई व्यवस्थित गर्ने भनेर स्टिममा लगेर उच्च नेताको नाममा स्थापित कलेज राम्रो व्यवस्थापनमा चलाउने भनेर लागेको छु । अर्को मदन भण्डारी साइन्स एन्ड टेक्नोलोजी हाम्रो लामो पयासपछि गठन आदेश भएको छ । मकवानपुरको चित्लाङमा दुईवटा भवन बनेको छ र एउटा बन्दै छ ।
०२३ बाट पठन–पाठन सुरु गर्ने र यसमा हुने ब्लाल वर्डका विश्वविद्यालयस्तरको हुने हुनाले हार्डवर्ड विश्वविद्यालयकै लेवलमा सञ्चालन गर्ने भनेर लागेका छौँ । अर्को मदन भण्डारी फाउन्डेसन अन्य कनै गैरसरकारी संस्थाजस्तो संस्था होइन । यसले शिक्षा क्षेत्रलगायत सामाजिक काम गर्ने, वैचारिक क्षेत्रमा अध्ययन–अध्यापन गर्ने–गराउने थलोको रूपमा विकास गर्नपर्छ भनेर लागेका छौँ ।
एमाले नेतृत्वको गठबन्धनका सरकार बनेसँगै तपाईंको नाम फेरि चीनका राजदूतको चर्चा मा छ नि ?
त्यो नबझ्ने नुवाकोटकै मान्छेले बढी चर्चा गरे होलान् । त्यसो होइन । जन बेला मेरो चर्चा भयो, मेरो सरकारले मलाई मनोनयन ग¥यो त्यतिबेला पनि अनेक खालको टीका–टिप्पणी भएको थियो । चीन, भारत र अमेरिकामा हाम्रो क्याबिनेटसरहको मन्त्रीस्तरीय राजदूत राख्ने भनेर सरकारले निर्णय गरेको थियो । त्यही तहमा म गएको थिएँ । तर, अहिले त्यसभन्दा तलको तहमा राजदूत भएर जाने सोच र परिस्थिति पनि छैन । योग्यता–क्षमताले भ्याउनेसम्म गर्न सकिन्छ । यद्यपि,म पदका लागि मरिहत्ते गर्ने मान्छे होइन ।
तपाईलाई पार्टी अध्यक्षले चीनको राजदूतमा पुन प्रस्ताव गर्नुभयो भने के गर्नुहुन्छ ?
त्यसका लागि निश्चित केही अवस्थाहरू हन्छन् । त्यस्तो अवस्था आयो भने त विचार गर्नपर्छ । तर, भन्दैमा जानु पर्छ भन्ने पनि छैन । पहिले पनि तेस्रोपटकमा बल्ल जाने निधो गरेको हँ । मौका आयो भनेर दौडेर जाने करा पनि हुँदैन । त्यसका लागि थप क्षमता, ज्ञान, सीप, अनुभव र अध्ययनबाट हनुपर्छ ।
तपाईंको अनुभवमा चीनले नेपाललाई कसरी हेर्दोरहेछ ?
आफ्नो घनिष्ठ मित्र हो । छिमेकी राष्ट्र हो । नेपालबाट चीनलाई कुनै पनि किसिमको समस्या छैन भन्ने उसले बझेको छ । नेपालको माटो र हामीले मित्रराष्ट्रको कुरामा कुनै दरार आउन दिँदैनौँ भन्नेमा विश्वस्त छ । कहिलेकाहीँ उल्का–भुल्का देखिन खोज्छ त्यसबाट सम्बन्धलाई सदृढु गर्नुपर्छ भन्नेमा उनीहरू छन् । चीनको नेपालप्रतिको धारणा, दृष्टिकोण अत्यन्त सकारात्मक, भरपर्दो र विश्वासयोग्य नै छ । हाम्रो पनि चीनप्रति त्यस्तो आशंका,अविश्वास गर्नपर्ने कुनै कारण छैन । यद्यपि, केही खालको बाहिरी पभावमा पर्ने र मुलुक चलाउन आउनेले मित्रराष्ट्रसँगको सम्बन्धलाई राम्रो बनाउनतर्फ भन्दा पनि निजी स्वार्थले कसैलाई चिढाउने र रुझाउने काम हुँदा कहिलेकाहीँ सम्बन्ध दरिलो नभएको अवस्था पनि छ ।
चिनियाँ लगानीमा नेपालमा सञ्चालित आयोजनामा ढिलासुस्ती भइरहेको छ नि ?
यो त नेपालीले गर्दा नै भएको हो । यो चक्रपथको कलंकीदेखि धोबीखोलासम्म बनाउने भनेको प्रोजेक्ट उनीहरूले बनाइदिने हो ।महाराजगन्जमा केही रूख काट्यो, घरहरू भत्काउनुपर्ने भयो, त्यति क्लियर गर हामी काम अघि बढाउँछौँ भनेको थियो । तर, बीचमा काम रोकेर बस्नुप¥यो । उनीहरूको के छ भने जे काम सुरु ग¥यो त्यो समयमै गर्ने भन्ने उनीहरूको तरिका हुन्छ । जस्तो उनीहरूको मेलम्ची खानेपानी आयोजना पाँच वर्षमा सक्ने भन्ने थियो ।
समयमै हुन नसकेपछि धेरै क्षति व्यहोर्नुप¥यो । पाँच वर्ष लाग्नेलाई २५ वर्ष पु¥याउने ? रकमका दायरा पनि वृद्धि गर्ने ? अनि कसरी विकास हुन्छ । उनीहरूले सबै कुराको अध्ययन गरेर काम थालनी र सम्पन्न गर्ने भन्ने थियो । हाम्रोजस्तो लथालिब्ग तरिमा र भद्रगोल अवस्थामा काम गर्न उनीहरूको रुचि नभएको हो । यस्तो अवस्थामा काम गर्दा समयमै कार्यान्वयन गर्न सकिँदैन भन्ने थाहा भएर नै ढिला भएको हो ।
चीनले नेपालको कम्युनिस्ट पार्टीलाई हेर्ने दृष्टिकोण कस्तो पाउनुभयो ?
चीन र नेपाल स्वतन्त्र देश हो, स्वतन्त्र पार्टी हो । नेपालका कम्युनिस्ट पार्टीलाई चीनले नरम भएर हे¥यो भन्ने हो भने त नेपालको सिमाना निर्धारण गर्ने बेलामा पनि कांग्रेस बलियो थियो । तर, नेपालको चित्त नदुख्ने गरी सम्पन्न गरेको थियो । त्यसको अर्थ के हो ? जसले डिप्लोमेटिक, कूटनीतिक बझ्दैन उनीहरूले नै त्यस्ता तर्क गर्ने हो । वैचारिक आधारमा निकट देखिने भन्ने कुरा आफ्नो ठाउँमा छ । स्वतन्त्र मुलुक र स्वतन्त्र पार्टीको बीचमा सम्बन्ध उस्तै हन्छ । जुन देशसँग जसको सरकार भए पनि नेपालको अन्तरदेशीय सम्बन्ध सधैँ एउटै र उस्तै हुन्छ । हल्का तर्क गरेर वैदेशिक सम्बन्धलाई विवादास्पद बनाउनहुँदैन ।