सौर्य उर्जाको प्रयोग आधुनिक कालमा आएर मात्र भएको हो भन्ने भनाइ सही होइन । बरू यसको प्रयोग प्राचिन कालमा पनि भएको थियो भनेर खोजी हुन नसकेको हो ।
सभ्याताको विकास र विनाससँगै उर्जाको उत्पादन र प्रयोगमा पनि नवीकरण हुँदै आएको छ । उही र उस्तै रूपमा कुनै पनि उर्जा प्रयोगमा रहिरहेका छैनन् । हाल प्रयोगमा आइरहेको सौर्य उर्जाको इतिहास पनि मानव सभ्यातासँग जोडिन पुग्छ ।
आजभन्दा करीब २२ शय वर्ष अगाडि (हालको युरोप महादेशमा) सिसिली नाम गरेको एउटा सानो तर निकै शक्तिशाली देश थियो । यो सानो राज्यले तात्कालीन रोमन साम्राज्य (हालको इटाली) सँग आमनेसामने लडाइँ गरेर आफ्नो मातुभूमिको रक्षा गर्दै आएको थियो ।
लडाइँ र प्रतिरक्षाजस्तो जीवनमरणको सङ्घर्षमा सानो राज्य सिसिलीले विज्ञान र प्रविधिमा अद्भूत र चामत्कारिक विकास गरेको थियो । यसै बेलामा त्यहाँ सौर्य उर्जाको प्रयोग गरी सूर्यास्त्र निर्माण भएको थियो ।
हाल सोलारको प्रयोग गरिए झैं त्यति बेला भीमकाय सोलार कचौराको प्रयोग एक चामत्कारिक अस्त्रको रूपमा प्रयोगमा आएको थियो । यसले सूर्यको किरण परावर्तन गरेर यस्तो चमत्कार देखाएको थियो ।
यो कुरा ईशापूर्व २१४ देखि २१२ तिरको हो । रोमन साम्राज्यसँग लडाइँका वर्षहरूमा महान् गणितिज्ञ आर्किमिडिजले काँचको भीमकाय कचौरा आकारको गहिरो ऐना निर्माण गरेका थिए ।
यसले सूर्यको प्रकाश एकतृत गरी पठाउँदा जहाँ प्रकाशको एकमुष्ठ टीको पार्दथ्यो, त्यहाँ आगो बाल्दथ्यो । यसैको प्रयोग गरेर सिराकसले रोमनका भीमकाय युद्धपोत तथा पानी जहाज जलाएर भस्मखरानी पार्दथ्यो ।
सूर्यको प्रकाश एकतृत गरी आगो लगाएर सैनिक तथा जहाज ध्वस्त गरिदिन्थ्यो । आर्किमिडिजले काँचका यति धेरै ऐनाहरू एकैपटक प्रयोग गर्दथे कि त्यहाँ सूर्यको किरण परावर्तन भई एकै ठाउँमा केन्द्रित हुनपुग्दा आगोका ज्वाला उठेर क्षणभरमै आगो जहाज खरानी पारिहाल्थे ।
सिसिली आफैमा सानो देश भए पनि यो रोमन साम्राज्यका लागि निकै रणनीतिक महत्वको भूगोल थियो । त्यसैले यो भूगोल कब्जामा लिन रोमन साम्राज्यले बारम्बार छिमेकी देश सिसिलीमाथि आक्रमण गरिरहन्थ्यो ।
तर रोमन साम्राज्यले सिसिलीलाई आफूमा गाभ्न सकिरहेको थिएन । रोमन साम्राज्यको बर्बरतापूर्ण आक्रमणको वीरतापूर्ण प्रतिरोधसँगै सिसिलीका प्रशिद्ध गणितिज्ञ तथा ज्योतिषशास्त्री आर्किमिडिजले बर्निङ मिररजस्तो एक अद्भूत आविष्कार गरे ।
सौर्य उर्जाको यसखाले प्रयोग गौतम बुद्ध पछाडिका तीनशय वर्षपछि नै सिसिलीमा भैसकेको थियो । गौतम वुद्धको जन्म आजभन्दा २५ सय वर्ष अघि भएको थियो ।
त्यति बेला सिराकस र रोमन बीचमा ठूलो दुश्मनी कायमै थियो । रोमन साम्राज्यको निरन्तर आक्रमण र त्यसको निरन्तर सशकत प्रतिरोधपूर्ण लडाइँको श्रृङ्खलामा सिराकसले हातहतियार तथा नयाँ प्रविधिको निरन्तर खोजी र विकास गर्दै गयो ।
वैज्ञानिक आर्किमिडिजको नेतृत्वमा हुँदै गएको खोज र अनुसन्धानमा यो सबै संभव भएको थियो । उनी तात्कालीन शासक हियरो द्वितीयका विश्वासपात्र थिए ।
वैज्ञानिक अनुसन्धानका क्रममा सिसिलीबाट गुर्ता, घिर्नी तथा उत्तोलकहरू त्यति बेलै आविष्कार भई विकासित हुँदै आएका हुन् । यी हतियारले जमिनदेखि जमिनसम्म मात्र मार हान्न सक्थे ।
बर्निङ मिररले अदृष्य रूपमा आकाशबाटै मार हान्न सक्थ्यो र जहाजमा अप्रत्याशित रूपमा आगो लगाएर ध्वस्त पारिदिन्थ्यो । यो अन्य आविष्कार भन्दा विकसित र चामत्कारिक पनि थियो ।
आर्किमिडिजले काँचको भीमकाय कचौरा आकारको गहिरो ऐना निर्माण गरेका थिए । यसले सूर्यको प्रकाश एकत्रित गरी आगो बाल्दथ्यो । आफैमा टल्कने भएकाले यो झलक्क देख्नेहरूका लागि यन्त्र दुश्मनका लागि बुझिनसक्नुको अलौकिक अस्त्र बन्न पुगेको थियो ।