• फाल्गुन २८ २०८१, बुधबार

विमान दुर्घटनामा मृत्यु भएकाहरुको सम्झनामा तामाङ सेवा समाजको दीप प्रज्वलन

माघ ३ २०७९, मंगलवार

काठमाडौं । यती एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाहरुको आत्माको चीर शान्तिको कामना गर्दै तामाङ सेवा समाज धरानले दीप प्रज्वलन गरेको छ ।

मंगलबार धरानस्थित जिरोपोइन्ट चोकमा सो समाजले  दिवंगतहरुको सम्झनामा दिप प्रज्वलन गरेको हो ।

दीप प्रज्वलनमा सहभागीहरुले दुर्घटनामा ज्यान गुमाउने सबैको आत्माको चीर शान्तिको कामना गर्दै श्रद्धाञ्जली समेत व्यक्त गरेका छन् ।

आइतबार काठमाडौंबाट पोखरा उडेको विमान अवतरणका क्रममा पोखराको सेती खोँचमा दुर्घटनामा परेको थियो । विमानमा ७२ जना सवार थिए। जसमा ६८ यात्रु र ४ जना चालक दलका सदस्य थिए।

यात्रुहरुमा ५३ जना नेपाली थिए। बाँकी विदेशी थिए। विदेशी यात्रुहरुमा भारतका ५ जना, रसियाका ४ जना, कोरियाका २ जना, आयरल्याण्डका १ जना, अस्ट्रेलियाका १ जना, अर्जेन्टिनाका १ जना, फ्रान्सका १ जना थिए। जसमा महिला २५, पुरुष ३७, बालक ३ र शिशु ३ जना थिए।