• पुष २५ २०८१, बिहीबार

सभामुख छान्ने निर्णय गर्न बालुवाटारमा सर्वदलीय बैठक सुरु, कांग्रेस के गर्ला ?

माघ ३ २०७९, मंगलवार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको सर्वदलीय बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री दाहालले माघ ५ गते हुने सभामुखको निर्वाचनका लागि सहमति जुटाउन सर्वदलीय बैठक बोलाएका हुन् ।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का र संसदीय दलका मुख्य सचेतक रमेश लेखक छन् ।

त्यसैगरी एमाले अध्यक्ष केपी ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि रहेका छन् ।

नेसपाका अध्यक्ष बाबुराम भट्टराई, सञ्चारमन्त्री रेखा शर्मा, र गृहमन्त्री रवि लामिछाने लगायतका नेताहरू पनि सहभागी रहेका छन् । बैठकमा खासगरी सरकारमा सहभागी दलहरूलाई बोलाइएको छ ।